१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारा : मामाघर आएका तीन वर्षीय बालक एक हप्तादेखि बेपत्ता, परिवार र पूर्व मन्त्रीद्वारा इनाम घोषणा

    • बिशाल यादब बिशाल यादब
    • today२३ माघ २०८१

    बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका – ७ स्थित मामाघर आएका तीन वर्षीय बालक हन्श चौधरी एक हप्तादेखि बेपत्ता भएका छन् ।रौतहटको दुर्गा भवानी गाउँपालिका-१ निवासी बालक हन्श चौधरी माघ १७ गते मामा रञ्जित जैसवालको घर अगाडि खेल्ने क्रममा बेपत्ता भएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार, रातो हुडी र निलो पाइन्ट लगाएको अवस्थामा बालक सम्पर्कविहीन भएका हुन् । बालक बेपत्ता भएपछि परिवार र सुरक्षाकर्मीले विभिन्न प्रयास गरे पनि हालसम्म उनको अवस्था अज्ञात नै रहेको छ ।

    Ad
    Ad
    Ad

     


    बालकको अवस्थाबारे जानकारी दिनेलाई परिवारले एक लाख रुपैयाँ इनाम दिने घोषणा गरेको छ । यसैबिच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले पनि बालकको खोजीमा मद्दत गर्ने व्यक्तिलाई थप ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका छन् । पूर्व मन्त्री श्रेष्ठले बारा र पर्साका सुरक्षा निकायका प्रमुखहरूसँग संवाद गरेर खोजी कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । उनले आफैँ गाडी लिएर बारा र पर्साका शङ्कास्पद स्थानहरूमा पुगेर खोजी कार्यमा संलग्न हुने प्रतिबद्धता जनाएका छन् ।

    Ad
    Ad
    Ad

     

    बालक हराएपछि परिवारजन आक्रोशित र अत्यन्त चिन्तित छन् । बालकका आमा र हजुरआमा समय–समयमा बेहोस हुने अवस्थामा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । हराएका बालकलाई खोज्न विशेष टोली परिचालन गरिएको र सिसिटिभी फुटेजको अध्ययन भइरहेको उनले जानकारी दिए । फुटेजमा बालकलाई एक्लै देखिए पनि हालसम्म थप विवरण प्राप्त हुन नसकेको प्रहरीको भनाइ छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.