२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सागढी : मिलेमतोमा शिक्षक नियुक्ति, स्थानीयको विरोधपछि स्थगित

    • बिशाल यादब बिशाल यादब
    • today२३ माघ २०८१

    वीरगञ्ज । पर्सागढी नगरपालिका–५ पचरूखीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुअर्वासिरामा मावि तहको शिक्षक नियुक्ति प्रक्रिया स्थगित भएको छ । विद्यालयले गणित विषयको शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएपछि स्थानीय अभिभावकहरूको विरोधका कारण सूचना स्थगित गर्नुपरेको हो ।

    Ad
    Ad
    Ad

     

    सङ्घीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानको आधारमा मावि तहको नेपाली, अङ्ग्रेजी र गणितमध्ये एक विषयको पदपूर्ति गर्नुपर्ने थियो । तर, विद्यालयले शिक्षा नियमावली विपरीत गोप्य रूपमा गणित विषयको शिक्षक नियुक्त गर्न लागेको आरोप स्थानीयले लगाएका छन् ।

    Ad
    Ad
    Ad

     

    विद्यालय व्यवस्थापन समितिले माघ २ देखि १६ गतेसम्म दरखास्त दिने र माघ १८ गते सम्पर्क मिति रहेको सूचना जारी गरेको थियो । तर माघ १० गतेसम्म पनि कतै सूचना टाँस नगरिएकाले स्थानीयले विरोध जनाएका थिए । विरोधपछि सूचना टाँस गरिएको भए पनि सम्पर्क मिति सकिएपछि पनि दरखास्त दिएका उम्मेदवारहरूको नाम सार्वजनिक नगरिएको अभिभावकहरूले बताएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    स्थानीय अभिभावकहरूले निमित्त प्रधानाध्यापक शम्भु साहसँग उम्मेदवारहरूको नाम सार्वजनिक गर्न आग्रह गर्दा पनि उनले अस्वीकार गरेका थिए । अन्ततः विद्यालय व्यवस्थापन समितिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको अभिभावक जगत रामले जानकारी दिएका छन् ।

    स्थानीय राजेश्वरप्रसाद यादवले विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षा शाखाको मिलेमतोमा गोप्य रूपमा शिक्षक नियुक्त गर्न खोजिएको दाबी गर्दै त्यसको विरोधमा सूचना स्थगित भएको बताए ।विद्यालयका विद्यार्थीहरूले विज्ञान विषयको शिक्षकको माग गरिएको ठाउँमा गणित विषयको लागि विज्ञापन गरिएको भन्दै आपत्ति जनाएका छन् ।निमित्त प्रअ शम्भु साहले शिक्षक नियुक्ति प्रक्रिया नियम अनुसार नै भएको दाबी गरेका छन् । तर स्थानीयको विरोधपछि विद्यालय व्यवस्थापन समितिले अनिश्चित कालका लागि नियुक्ति प्रक्रिया स्थगित गरेको उनको भनाइ छ ।

    नगरपालिकाको शिक्षा शाखा प्रमुख देवप्रसाद गिरीले पालिकाले अङ्ग्रेजी, गणित वा विज्ञानमध्ये कुनै एक विषयको रिक्त दरबन्दी भएको विद्यालयमा कोटा निर्धारण गरी पदपूर्तिको सहमति दिएको स्पष्ट पारे । तर विद्यालयले नियम विपरीत नियुक्ति प्रक्रिया अघि बढाएको भन्दै स्थगित गरिएको जानकारी दिए ।पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा रिक्त पदमा दरबन्दी मिलानको विषयमा पटक-पटक विवाद हुँदै आएको स्थानीयले बताएका छन् ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.