२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजगढ विमानस्थल उच्च प्राथमिकतामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भनाइ

    • बिराज यादव बिराज यादव
    • today२२ माघ २०८१

    बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताएका छन्। सोमबार सरोकार दर्पणको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनुपर्ने आवश्यकता औंल्याए। ‘निजगढ विमानस्थल मास्टरप्लानअनुसार निर्माण गर्न सके संसारलाई देखाउन सक्ने खालको हुनेछ,’ मन्त्री पाण्डेले भने।

    Ad
    Ad
    Ad

     

    मन्त्री पाण्डेका अनुसार निजगढ विमानस्थल विभिन्न बाधाका कारण रोकिएको छ। ‘फास्ट ट्रयाकको पूर्णता तब मात्र सम्भव हुन्छ, जब निजगढ विमानस्थलको निर्माण सम्पन्न हुन्छ,’ उनले भने। नेपालका नेतृत्वकर्तासँग विकासका ठूला योजनाहरू भए पनि तिनलाई पूरा गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे।

    Ad
    Ad
    Ad

     


    मन्त्री पाण्डेले मध्य पहाडी राजमार्गको स्मार्ट सिटी परियोजनालाई उदाहरण दिँदै विकास योजनाहरू व्यावहारिक हुनुपर्नेमा जोड दिए। ‘पहिले दश वटा स्मार्ट सिटी बनाउने योजना थियो, अहिले ५४ वटा पुगिसके। तर, दश वटा पूरा गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने।

    Ad
    Ad
    Ad
    Ad

     

    निजगढ विमानस्थल निर्माणमा विभिन्न चुनौतीहरू रहेको भन्दै उनले सरकारी प्राथमिकता स्पष्ट हुनुपर्ने बताए। ‘वन क्षेत्रको कारण हो कि, अदालतको कारण हो कि, अख्तियारका चिठीका कारण हो— जुनसुकै कारण भए पनि यी अवरोध चिर्न आवश्यक छ,’ मन्त्री पाण्डेले भने। उनले विकास, पुरातत्व र वन क्षेत्रको संरक्षणबीच सन्तुलन मिलाउँदै अघि बढ्नुपर्ने धारणा राखे।

     

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.