२ बैशाख २०८३, बुधवार / 15 April 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुवर्ण गाउँपालिकामा शिक्षा समितिको गठनमा अनियमितता, अनुसन्धान माग

    • बिशाल यादब बिशाल यादब
    • today२२ माघ २०८१

    बारा । जिल्लाको सुवर्ण गाउँपालिकामा शिक्षा समितिको गठनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परे पनि कारबाही नभएको आरोप लगाइएको छ । गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवमाथि आफन्तलाई नियुक्त गर्ने, शिक्षक सरुवामा अनियमितता गर्ने र शिक्षा समितिमार्फत कमिसन उठाउनेजस्ता आरोप लगाउँदै स्थानीय भ्रष्टाचार विरोधी अभियन्ताहरूले संसदीय समिति मार्फत निष्पक्ष अनुसन्धानको माग गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित अध्यक्ष यादवले गठन गरेको गाउँ शिक्षा समितिलाई बर्खास्त गरी आफ्ना निकटमा रहेका व्यक्तिहरूलाई गैर कानुनी रूपमा नियुक्त गरेको उजुरीमा उल्लेख छ । अध्यक्ष यादवले आफ्नै नातामा पर्ने रामनरेश प्रसाद यादवलाई समितिको सदस्य बनाएको र अनपढ तथा अयोग्य व्यक्तिहरूलाई नियुक्त गरी अनियमितता गरेको आरोप छ ।

    Ad
    Ad
    Ad

     


    निवेदकहरूले सङ्घीय शिक्षा ऐन-२०२८ को दफा-११ तथा सङ्घीय शिक्षा नियमावली-२०५९ को नियमको उल्लङ्घन गर्दै नियुक्ति गरिएको दाबी गरेका छन् । उनीहरूले सुवर्ण गाउँपालिकाको शिक्षा ऐन-२०७६ को दफा-१५ को उपदफा ११ लाई परिवर्तन गरी दलित समावेशीकरण हटाएर गलत नियतले नियुक्ति गरिएको आरोपसमेत लगाएका छन् । निवेदक विनोद प्रसाद यादवसहितका भ्रष्टाचार विरोधी अभियन्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा बारम्बार उजुरी गरे पनि अनुसन्धान प्रभावित पारेर फाइललाई थन्क्याइएको आरोप लगाएका छन् ।

    Ad
    Ad
    Ad

     

    उनीहरूले अख्तियारका अनुसन्धानकर्ताहरूले पालिकाबाट अवैध रूपमा रकम लिएर विषयलाई दबाएको आशङ्का व्यक्त गरेका छन् । सुवर्ण गाउँपालिकामा शिक्षा क्षेत्रको विकृति रोक्न संसदीय समितिबाट निष्पक्ष छानबिन गरिनुपर्ने माग गरिएको छ “पालिकाका कर्मचारीहरूले आफूलाई कानुनभन्दा माथि ठानेर सङ्घीय र प्रदेश कानुनको बर्खिलाप गर्दै छन्,” उजुरीकर्ताहरूले भनेका छन् । यस्ता अनियमितता रोक्न सम्बन्धित निकायले कानुनी प्रक्रिया अनुसार कडा कारबाही गर्नुपर्ने माग निवेदनमा उल्लेख गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.