२२ भदौ २०८२, आइतबार / 07 September 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गीताको श्लोक उद्धृत गर्दै काठमाडौंका एसएसपीको निर्देशन– कठोर बन्नुस्

    • मेराज हास्मी मेराज हास्मी
    • today२२ माघ २०८१

    काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा मंगलबार प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘…विनाशाय च दुष्कृताम्’ उल्लेख गरे । यो श्लोकमा भनिएझैँ गलत काम गर्नेविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिएका हुन् ।

     

    Ad
    Ad

    प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरुलाई निर्देशन दिए ।‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्वपूर्ण एजेण्डाका रुपमा लिनुपर्छ’, उनले भने, ‘तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रुपमा प्रस्तुत हुन सक्नुपर्छ ।’

     

    Ad
    Ad


    सेवाग्राही र पीडितका लागि प्रहरी साथी जस्तो बन्नुपर्ने तर, दृष्कर्म गर्नेका लागि भने प्रहरीले कठोरतापूर्वक काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यस्ता व्यक्तिविरुद्ध प्रहरीले जेरो टोलरेन्स (शून्य सहनशीलता) को नीति अपनाउनुपर्छ ।’यदाकदा एउटा प्रहरीले गरेको खराब कामले सिंगो संगठनमाथि आक्षेप लाग्ने गरेको भन्दै उनले त्यस्ता प्रवृत्ति भएका व्यक्ति चाहे संगठनभित्र हुन् या बाहिर त्यसलाई पहिचान गरेर निर्मूल गर्नुपर्ने अधिकारीले बताए ।एसएसपी अधिकारीले प्रहरी संगठनमा सबैभन्दा बढी संख्यामा रहेका प्रहरी जवानको काम, कारबाही प्रशंसा गर्दै उनीहरुको मनोबललाई उच्च राख्न अधिकृतहरुले भूमिका खेल्नुपर्ने बताए ।

    ‘

    Ad

    प्रहरी संगठनमा लगभग ८० प्रतिशतभन्दा बढी प्रहरी जवानहरु छन्, उनीहरु नै सबैभन्दा बढी नागरिकसँग जोडिएर काम गरिरहेका हुन्छन्’, उनले थपे, ‘जसरी धेरै इँटा मिलेर घर बन्छ, त्यसैगरी प्रहरी जवान पनि संगठनको मेरुदण्ड भएकाले प्रहरी जवानहरुको सेवा प्रवाह उत्कृष्ट हुनुपर्छ । त्यसका लागि अधिकृतहरुले फेसिलिटिएसन गर्नुपर्छ ।’एसएसपी अधिकारीले १५ माघदेखि काठमाडौं प्रहरीको जिम्मेवारी सम्हालेका छन् । त्यसअघि उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा थिए ।

     

    ताजा सूचना

    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    • गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
    • पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
    • वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.