२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सासहित देशभर ‘एचपीभी खोप’ अभियान सुरु

    • बिशाल यादब बिशाल यादब
    • today२२ माघ २०८१

    वीरगञ्ज । विश्व क्यान्सर दिवसको अवसरमा पर्सासहित देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु भएको छ ।पर्सा जिल्लामा आजदेखि सुरु भएको अभियानको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका बिच सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका अध्यक्ष एवं खोप समन्वय समितिका सभापति निरञ्जन प्रसाद सोनार (अजय सर्राफ) तथा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेका हुन् ।

    Ad
    Ad
    Ad

     


    उद्घाटन गर्दै सभापति सर्राफले लक्षित उमेर समूहका छात्राहरूलाई एचपीभी खोप प्राप्त गर्न पाउनु निकै सौभाग्यको कुरा रहेको बताए । उनले अघिल्लो पुस्ताले नपाएको खोप अहिलेको पुस्ताले पाउनुले स्वास्थ्य सेवाको विस्तार भएको स्पष्ट पार्दै सम्पूर्ण बालिका तथा छात्राहरूलाई खोप लिन आग्रह गरे ।उनले अभियान सफल बनाउन सबै सरोकारवाला निकायहरूले सहकार्य गर्नुपर्नेमा जोड दिँदै पर्सा जिल्लाका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप अभियान महत्त्वपूर्ण हुने उल्लेख गरे । साथै, उनले खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउन अभिभावकहरूलाई समेत आग्रह गरे ।

    Ad
    Ad
    Ad

     

    शुभारम्भ भएको मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अध्ययनरत १३८ जना छात्राहरूलाई एचपीभी खोप दिइने वीरगञ्ज–१४ स्थित स्वास्थ्य चौकीका प्रमुख सचितानन्द जयसवालले जानकारी दिए ।स्वास्थ्य कार्यालय पर्साका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा करिब ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप दिने लक्ष्य राखिएको छ । अभियान पहिलो चरणमा माघ २२ देखि माघ २८ सम्म र दोस्रो चरणमा माघ ३० देखि फागुन ६ सम्म सञ्चालन हुनेछ ।

    Ad
    Ad
    Ad
    Ad

     

    सरकारले सन् २०३० भित्र क्यान्सर निवारणको लक्ष्य राखेको छ । यसै योजनाअन्तर्गत १५ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई पूर्ण रूपमा एचपीभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण सिंह, वीरगञ्ज महानगरपालिकाअन्तर्गतको खोप समन्वय समितिका संयोजक अनिल यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, वीरगञ्ज – १४ का वडाध्यक्ष महबुब एलाई अन्सारी, युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुहोस्

     

    विशेषज्ञ चिकित्सकहरूका अनुसार, पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) हो । भाइरस विरुद्ध एचपीभी खोप खोप प्रभावकारी रहेको छ । नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु हुने पाठेघरको मुखको क्यान्सर रोग नियन्त्रण गर्न खोप महत्त्वपूर्ण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, ‘यो खोप १४५ भन्दा बढी देशमा सफलतापूर्वक प्रयोग भइसकेको छ । नेपाल सरकारले पनि यसलाई स्वीकृति दिएकाले निर्धक्क भएर लगाउन आग्रह गर्दछौँ ।’

     

    स्वास्थ्य मन्त्रालयका अनुसार, खोप लगाएपछि केही सामान्य असरहरू जस्तै – सुई लगाएको ठाउँमा दुखाइ, हल्का ज्वरो वा शरीर थाकेजस्तो लाग्न सक्छ ।  यद्यपि प्रभाव केही दिनमै हट्ने भएकाले अभिभावक तथा बालिकाहरूलाई चिन्ता लिन आवश्यक नरहेको बताइएको छ ।पाठेघरको मुखको क्यान्सरबाट बालिकाहरूलाई जोगाउन सुरु भएको अभियानलाई स्थानीय तह, स्वास्थ्यकर्मी, अभिभावक र समुदायको सहकार्यले सफल बनाउने अपेक्षा गरिएको छ ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.