२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजगढमा जफत गरिएको ढुङ्गाको ठेक्का अन्योलमा, टेन्डरमा कुनै कम्पनीको आवेदन नपरेपछि संशय

    • अमन गुप्ता अमन गुप्ता
    • today२२ माघ २०८१

    निजगढ । बकैया खोलाबाट अवैधरूपमा निकालिएको र निजगढ नगरपालिका वडा नं ४ कछडिया बस्ती आसपासमा थुपारिएको अवस्थामा जफत गरिएको ढुङ्गाको ठेक्का अहिलेसम्म लागेको छैन।नगरपालिकाले विद्युतीय बोलपत्रमार्फत ३० दिने सूचना जारी गरे पनि आइतवार टेन्डर खोल्दा कुनै पनि इच्छुक कम्पनीले ढुङ्गा निकासीका लागि आवेदन नदिएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ।नगरपालिकाले जफत गरेको ६७,७३२.८९ घनमिटर (२३,८९,६१६.७० क्यूफिट) ढुङ्गाका लागि मूल्य अभिवृद्धि करसहित २ करोड १६ लाख २ हजार १३६ रुपैयाँको टेन्डर आह्वान गरेको थियो।

    Ad
    Ad
    Ad

     


    तर, कुनै पनि ठेकेदार वा कम्पनीले टेन्डर नहालेपछि जफत गरिएको ढुङ्गाको व्यवस्थापन अन्योलमा परेको छ।स्थानीय स्रोतका अनुसार, अवैधरूपमा उत्खनन गरिएका यी ढुङ्गालाई कानूनी प्रक्रियाविनै वैध बनाउँदै ठेकेदारमार्फत निकासी गर्ने प्रयास भइरहेको थियो। विवाद उत्पन्न भएपछि नगरपालिकाले ढुङ्गा जफत गरी टेन्डर आह्वान गर्न बाध्य भएको हो।नगरप्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला माथि ठेकेदार कम्पनी जय गणेश सप्लायर्स सँग मिलेमतो गरी अवैध निकासीको प्रयास गरेको आरोप लागेको छ।

    Ad
    Ad
    Ad

     

    सूत्रका अनुसार, जफत गरिएको ढुङ्गामध्ये १२ हजार घनमिटर (१,००० भन्दा बढी टिपर) ढुङ्गा निजगढ नगरपालिका र स्थानीय प्रहरी प्रशासनको संरक्षणमा घाटगड्डी हुँदै अवैधरूपमा निकासी गरिएको छ।नगरपालिकाको ठेक्का प्रक्रियामा कसैले रुचि नदेखाउनुको कारण पहिले नै ठूलो परिमाणमा ढुङ्गा तस्करी भइसकेको हुन सक्ने आशङ्का गरिएको छ। यस विषयमा नगरपालिकाले आगामी रणनीति के अपनाउनेछ भन्ने विषयमा अझै अन्योल कायम रहेको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.