२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रभु साहको साथ छोडेर पुनः माओवादी मै फर्किए बाबुराम कौशिक

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२१ माघ २०८१

    वीरगञ्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का शीर्ष नेताहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    Ad
    Ad
    Ad

    सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रमका बिच आजपाका केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख बाबुराम कौशिक, पोलिटब्युरो सदस्य एवम् पर्सा इन्चार्ज कदम रसुल सहित दर्जनौँ नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    Ad
    Ad
    Ad

    उनीहरूसँगै व्यापार महासङ्घका केन्द्रीय सदस्य विदुर गुप्ता, प्रदेश नेताहरू अफताब अहमद, सञ्जिप गुप्ता, दिलीप गुप्ता, विकास पटेल, सुनिल मोदी, नारायण देवान, नुर मियाँ, आकाश पटेल, सोनालाल मण्डल, चुनु महतो नुनिया लगायतका प्रभावशाली अनुहार पनि माओवादी केन्द्रमा सामेल भएका छन् । त्यस्तै, एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानाध्यापक शत्रुधन गिरीले समेत माओवादीको झन्डा उचालेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    खुमलटारस्थित आफ्नै निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा ओढाएर उनीहरूलाई स्वागत गरेका छन् । स्वागत समारोहमा बोल्दै प्रचण्डले पुराना कम्युनिस्टहरू पुनः माओवादी केन्द्रमै फर्कन थालेको बताउँदै यसले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे ।

    “कम्युनिस्टहरूबिच एकता आवश्यक छ । पहिले बाटो बिराएका साथीहरू फिर्ता आउन थालेका छन्, यो क्रम जारी रहनेछ,” प्रचण्डले भने ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्साका पूर्व अध्यक्ष रामदरश कुश्वाहा, पूर्व नगर सचिव सुरेन्द्र गुप्ता लगायतका नेताहरूको उपस्थिति थियो । 

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.