१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतीय अपस्ट्रिम प्रदायक एयरटेलको ब्यान्डविथ आपूर्ति रोकिँदा नेपालभर इन्टरनेट सेवा प्रभावित

    • बिशाल यादब बिशाल यादब
    • today२० माघ २०८१

    वीरगञ्ज । नेपालभर इन्टरनेट सेवा आइतबार राति ९ बजेदेखि गम्भीर रूपमा प्रभावित भएको छ । देशभरका मोबाइल तथा इन्टरनेट सेवाप्रदायकका ग्राहकहरूले इन्टरनेट सुस्त भएको वा पूर्ण रूपमा अवरुद्ध भएको गुनासो गरिरहेका छन् ।

    Ad
    Ad
    Ad

    हालसम्म समस्याको यकिन कारण खुलेको छैन, तर प्रारम्भिक विवरणअनुसार नेपालमा इन्टरनेट ब्यान्डविथ आपूर्ति गर्ने भारतीय अपस्ट्रिम प्रदायकबाट आपूर्तिमा कमी आएको आशंका गरिएको छ ।

    Ad
    Ad
    Ad

    इन्टरनेट सेवा प्रदायक कम्पनीका एक प्राविधिकका अनुसार हाल नेपालमा उपलब्ध कुल ब्यान्डविथमध्ये करिब आधा गुमिसकेको छ, जसले इन्टरनेट सेवामा व्यापक असर पारेको छ ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास खड्काका अनुसार भारतीय अपस्ट्रिम प्रदायक एयरटेलको ब्यान्डविथ नेपालमा आउन पूर्ण रूपमा रोकिएको छ । “एयरटेल पूर्ण रूपमा डाउन छ। यो प्राविधिक समस्या हो वा अन्य कुनै कारणले रोकिएको हो, अझै स्पष्ट भइसकेको छैन,” खड्काले भने ।

    इन्टरनेट सेवा अवरुद्ध हुँदा नेपालका बैंकिङ सेवा, डिजिटल कारोबार, अनलाइन कारोबार, सामाजिक सञ्जाल, सञ्चार माध्यम, तथा अन्य डिजिटल सेवा प्रभावित भएका छन् । इन्टरनेटमा भर पर्ने व्यवसाय तथा सर्वसाधारण समस्यामा परेका छन् ।

    नेपालका इन्टरनेट सेवा प्रदायकहरू समस्याको समाधानका लागि पहल गरिरहेका छन् । भारतीय अपस्ट्रिम प्रदायकहरूसँग सम्पर्क गरी समस्या समाधानका लागि वार्ता भइरहेको छ । इन्टरनेट प्रदायक कम्पनीहरूका अनुसार सेवा कहिले सुचारु हुन्छ भन्ने यकिन जानकारी प्राप्त भइसकेको छैन, तर प्राविधिक टोलीहरू समस्या समाधानका लागि सक्रिय छन् ।

    इन्टरनेट सेवा प्रभावित हुँदा डिजिटल युगमा यसको गम्भीर असर देखिएको छ । उपभोक्ताहरू समस्या समाधानका लागि सम्बन्धित निकायहरूले तत्काल पहल गर्ने आशा गरिरहेका छन् ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.