१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महोत्तरीमा १९ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या, शव खेतमा फेला

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२० माघ २०८१

    महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ निवासी १९ वर्षीय खुश्बु यादवको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरिएको छ । मृतक खुश्बु स्थानीय अभिषेक यादवकी श्रीमती हुन् ।

    Ad
    Ad
    Ad

    खुश्बु राति घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । खोजीका क्रममा आज बिहान गौशाला नगरपालिका–५ स्थित विद्युत् प्राधिकरण कार्यालयबाट करिब पाँच मिटर उत्तरको खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
    प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ ।

    Ad
    Ad
    Ad

     


    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवारले जानकारी दिए ।
    घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको छ। हत्या कसरी, किन, र कसले गर्‍यो भन्नेबारे थप विवरण आउन बाँकी छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ । सुरक्षित रूपमा घरबाहिर निस्कन समेत डर लाग्ने अवस्था आएको भन्दै स्थानीयले छिटो अपराधी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् ।
    प्रहरीले घटनाको गहिरो अनुसन्धान गरी दोषी पत्ता लगाउने र कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.