२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चीनबाट नेपालमा अत्यधिक लसुन आयात, भारततर्फ तस्करी भइरहेको शङ्का

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२० माघ २०८१

    वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट नेपालमा लसुनको आयात उच्च दरमा वृद्धि भएको छ । पछिल्लो पाँच आर्थिक वर्षको तुलनामा यस अवधिमा सबैभन्दा बढी लसुन नेपाल भित्रिएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ ।विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्रै चीनबाट ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको ४ करोड ६९ लाख ३९ हजार किलो लसुन नेपालमा आयात भएको छ । सामान्यतया चीनबाट वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँ बराबरको लसुन आयात हुने गरे पनि यस पटकको अत्यधिक मात्राको आयात शङ्कास्पद मानिएको छ ।व्यवसायीहरूका अनुसार, चीनबाट भित्रिएको लसुन खुला सीमाको फाइदा उठाउँदै भारत तर्फ तस्करी हुने गरेको छ । चीनबाट नेपालमा लसुनको आयात अत्यधिक बढ्नुको मुख्य कारण भारतमा उत्पादन कमी भई मूल्य वृद्धि हुनु हो ।

    Ad
    Ad
    Ad

     


    भारतमा प्रतिकिलो लसुनको मूल्य ४ सय भारतीय रुपैयाँ (नेपाली ६३९.८५ रुपैयाँ) पुगेको छ, जबकि चीनमा सोही लसुन प्रतिकिलो करिब १५० देखि १६५ रुपैयाँ मात्र पर्छ । ढुवानी भाडासहित चीनबाट ल्याएको लसुन नेपालमा करिब १८० देखि १९० रुपैयाँ प्रतिकिलो पर्छ ।नेपालमा भित्र्याइएको लसुन अनौपचारिक रूपमा भारत तस्करी गर्दा प्रति किलो करिब ३ सय रुपैयाँसम्मको नाफा हुने भएकाले आयात अत्यधिक परिमाणमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ ।चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट लसुन आयात हुँदा नेपाल सरकारले भन्सार महसुलबाट १ अर्ब ५९ करोड ६१ लाख रुपैयाँ राजस्व असुल गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा सो मात्र ५७ करोड ४० लाख रुपैयाँ मात्र थियो ।

    Ad
    Ad
    Ad

     

    भारत तस्करी भइरहेको लसुन सीमा क्षेत्रमा पटक–पटक बरामद भइरहेको छ । केही साताअघि मात्रै भारतको मोतिहारी क्षेत्रमा भारतीय प्रहरीले करिब ७ सय मेट्रिक टन चिनियाँ लसुन बरामद गरेको थियो । त्यस्तै, जोगबनी नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले १४८ र ३७५ किलो लसुन नियन्त्रणमा लिएको थियो ।भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठका अनुसार, पछिल्लो असोज महिनादेखि चीनबाट अस्वाभाविक रूपमा लसुन आयात भइरहेको देखिएको छ । “यसको कारण पत्ता लगाउन विभागले सूक्ष्म अध्ययन गरिरहेको छ,” उनले भने ।चीनबाट अत्यधिक मात्रामा लसुन आयात हुनु र भारततर्फ तस्करी बढ्नु नेपालको आयात-निर्यात नीतिमा पुनर्विचार गर्नुपर्ने सङ्केत मानिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.