६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरले जित्यो वीरगञ्ज - १० द्वारा आयोजित तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२० माघ २०८१

    वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० द्वारा आयोजित तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि जनकपुरले जितेको छ ।

    Ad
    Ad

    शनिवार ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा सङ्काय खेलमैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरले बागमतीलाई ५ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

    Ad
    Ad

    पहिले ब्याटिङ गरेको बागमती १९.१ ओभरमा अलआउट हुँदै १०६ रनमा सीमित भयो । बागमतीका लागि सन्देश गुप्ता र मौसम गुप्ताले समान ३०/३० रन बनाए । बलिङतर्फ जनकपुरका केशव श्रीवास्तवले ३ विकेट, अकबर अन्सारी र अनुराग सर्राफले समान २/२ विकेट लिए ।

    Ad
     
     
     

    जनकपुरले १७.५ ओभरमा ५ विकेट गुमाउँदै १०७ रनको लक्ष्य पूरा गर्दै उपाधि जित्यो । जनकपुरका लागि केशव श्रीवास्तवले ४२ रन, दीपु गुप्ताले ३४ रन बनाए। बागमतीका राहुल कुमार र मौसम गुप्ताले समान २/२ विकेट लिए ।

    फाइनल खेलमा उत्कृष्ट प्रदर्शनी गर्ने जनकपुरका केशव श्रीवास्तव प्लेयर अफ दी म्याच घोषित भए भने प्रतियोगितामै सबै भन्दा राम्रो प्रदर्शन गर्ने  बागमतीका रोशन कानु प्लेयर अफ द सिरिज घोषित भए । त्यस्तै  लुम्बिनीका सुमित गुप्ता उत्कृष्ट ब्याटर र  जनकपुरका आयुष सिंह उत्कृष्ट बलर घोषित भए भएन जनकपुरका रोहित कुमार उत्कृष्ट फिल्डर घोषित भए ।

    समापन समारोहमा वडाध्यक्ष सुशील कुमार कानुले विजेता टिम जनकपुरलाई ट्रफी र नगद २५ हजार रुपैयाँ, उपविजेता बागमतीलाई ट्रफी र नगद १५ हजार रुपैयाँ प्रदान गरे ।

    कार्यक्रममा वडा सदस्यहरू सन्तोष जैशी चौलागाईं, प्रभु महतो, वडा सचिव पवन प्रधान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कुमार कानु, छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानु, समाजसेवी प्रभाकर गुप्ता लगायतको उपस्थिति थियो ।

    प्रतियोगिता वीरगञ्जमा क्रिकेटप्रति बढ्दो आकर्षण र खेलाडीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष कानुले बताए ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.