१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिहारको मुजफ्फरपुरमा सवारी दुर्घटना, कुम्भबाट स्नान गरेर फर्किरहेका पाँच नेपाली श्रद्धालुको मृत्यु

    • बिशाल यादब बिशाल यादब
    • today२० माघ २०८१

    वीरगञ्ज । भारतको विहार राज्यस्थित मुजफ्फरपुर सहरमा भएको ठूलो सवारी दुर्घटनामा पाँच जना नेपालीहरूको मृत्यु भएको छ ।

    Ad
    Ad
    Ad

    त्यहाँको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा लागेको ऐतिहासिक महाकुम्भ मेलामा सहभागी हुँदै सङ्गम नदीमा पवित्र स्नान सकेर नेपाल फर्कँदै गर्दा बीआर ३२ पीए ४६६१ नम्बरको स्कारपियो गाडी दुर्घटनामा हुँदा तिन महिलासहित पाँच जना नेपाली श्रद्धालुहरूको मृत्यु भएको हो ।

    Ad
    Ad
    Ad

    स्थानीय सञ्चारमाध्यमअनुसार, विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयासमा नियन्त्रण गुमाउँदै गाडी पाँच पटक पल्टिएर दुर्घटना भएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    दुर्घटनामा गाडीभित्र रहेका सबै व्यक्ति गम्भीर घाइते भएका थिए । पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भीर घाइतेहरूलाई स्थानीयहरूको सहयोगमा प्रहरीले घाइतेहरूलाई श्रीकृष्ण मेमोरियल मेडिकल कलेज (एसकेएमसीएच) मा उपचारका लागि पुर्‍याएको छ । प्रहरीका अनुसार, घाइतेहरू अधिकांश महिला र बालबालिकाहरूको अवस्था गम्भीर छ ।

    भारतीय प्रहरीका अनुसार मृतक र घाइतेहरू मधेस प्रदेशसहित महोत्तरी जिल्लाका निवासी हुन् । उनीहरू एकै परिवारका रहेको समेत बुझिएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका - २ मनराकट्टी निवासी ५० वर्षीय मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षीय इन्दु देवी झा, ३० वर्षीय अर्चना झा रहेका छन् भने अर्का मृतक चालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    घटनापछि स्थानीय प्रहरी, ग्रामीण एसपी विद्या सागर, सिटी एसपी विश्वजीत दयाल र एसडीएमको टोलीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएका थिए । दुर्घटनाग्रस्त सवारीलाई सडकबाट हटाइएको छ । अस्पताल प्रशासनले घाइतेहरूको उपचारमा जुटेको छ भने घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.