१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ठाकुरराम बहुमुखी क्याम्पसमा ‘स्ववियु निर्वाचन र विद्यार्थीका अपेक्षा’ विषयमा छलफल

    • बिशाल यादब बिशाल यादब
    • today१८ माघ २०८१

    वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन र विद्यार्थीको अपेक्षा विषयमा छलफल भएको छ । स्ववियु निर्वाचन नजिकिदै गरेको हुँदा विद्यार्थीका अपेक्षा बुझ्ने अभिप्रायले नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका नेता बिकास मण्डलको आयोजनामा छलफल गरिएको हो । 

    Ad
    Ad
    Ad

    पछिल्लो १५ वर्षदेखि निर्वाचन हुन नसकेको ठाकुरराम बहुमुखी क्याम्पसमा यस पटक जसरी पनि निर्वाचन  गराउने वातावरणको सृजना गर्नुपर्नेमा छलफलमा सहभागीहरुले जोड दिएका थिए । त्रिभुवन विश्वविद्यालय भन्दा पनि ८ वर्ष पुरानो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा पछिल्लो १५ वर्षदेखि निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा आगामी चैत ५ गते निर्वाचन हुने तालिका सार्बजनिक भइसकेको छ ।  

    Ad
    Ad
    Ad

    नेविसंघ पर्साका पूर्व अध्यक्ष दिलिपराज कार्कीले विद्यार्थी नेताहरु जसरी पनि चुनाव हुने अवस्था निर्माण लाग्न सुझाव दिए । चुनावको कुरामा एकमत भएर सहमती र सहकार्य गरेर अघि बढ्न उनले आग्रह गरे । 

    Ad
    Ad
    Ad
    Ad

     


    नियमित पठन पाठन हुनुपर्ने, पुस्तकालयमा पुस्तक सहज र अत्याधिक मात्रा उपलब्ध हुनु पर्ने, छात्रछात्राको छुट्टाछुट्टै व्यवस्थित शौचालय निर्माण हुनुपर्ने, भएका शौचालयको नियमित सरसफाई हुनुपर्ने, शैक्षिक वातावरण राम्रो हुनुपर्ने लागयतका अपेक्षा छलफलमा सहभागी विद्यार्थीहरुले राखेका थिए । 

    नेविसंघ पर्साका अध्यक्ष रमेश यादवले आउने निर्वाचनमा नेविसंघलाई अत्यधिक मत दिएर विजय गराउन आग्रह गरे । 

    नेपाली कांग्रेस वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपालीले यस निर्वाचनलाई सफल गराउन सबै लाग्नुपर्ने र निर्वाचन भए मात्र विद्यार्थीको अपेक्षा र मागहरु सम्बोधन आश्वासन दिए । 

    छलफलमा नेपाली कांग्रेस जिल्ला सदस्य रामनिवस यादव, तरुण दलका केन्द्रिय सदस्य रोशन सिंह, नेविसंघ केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने, नेता बाबुनन्द कुर्मी, पुरुसोत्तम कुर्मी लगायतले निर्वाचन गराउनुपर्नेमा जोड दिएका थिए । निर्वाचनबाटै नेतृत्व चयन हुने र नेतृत्वबाटै नीति र नियममा क्याम्पस सञ्चालन हुने उनीहरुको धारणा थियो । 

    नेविसंघकाका नेता बिकास मण्डलले छलफलमा उठेका विषयलाई नै मुख्य एजेण्डा बनाएर निर्वाचनमा होमिने बताए । कार्यक्रममा नेविसंघ ठाकुर राम क्याम्पसका जय नेपाल चौरसिया, लगायत सयौं विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन अजयेन्द्र मण्डलले गरेका थिए ।

    छलफलमा बिबिएस, बिएड, बिआइटी, बिबिएस र बिएससीका छात्र छात्राहरुको उपस्थिती रहेको थियो । 

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.