१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चौधरी ग्रुपले ल्यायो मोटोरोला स्मार्टफोन

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१८ माघ २०८१

    चर्चित मोबाइल ब्रान्ड मोटोरोला अब नेपालमा आधिकारिक रूपमा चौधरी ग्रुप मार्फत प्रवेश गरेको छ। बिहिबार एक कार्यक्रमका बिच मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको हो।

    Ad
    Ad
    Ad

    नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न पसन्द र बजेट अनुसारका स्मार्टफोन सार्वजनिक गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोटोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरेका थिए ।

    Ad
    Ad
    Ad

    सुलभ मूल्य – मोटोरोलाले उच्च-गुणस्तरका स्मार्टफोनहरुलाई सबैको पहुँचमा ल्याउन विभिन्न मूल्य वर्गका मोडेलहरू उपलब्ध गराएको छ

    Ad
    Ad
    Ad
    Ad

     
     

    • शुद्ध एन्ड्रोइड अनुभव – मोटोरोला स्मार्टफोनहरुमा कुनै bloatware नहुने, छिटो र सहज प्रयोग गर्न सकिने एन्ड्रोइडको अनुभव पाइन्छ।

    • प्रभावशाली फिचरहरु – शक्तिशाली RAM, ठूलो स्टोरेज र अग्रिम क्यामेरा फिचरले मोटोरोला स्मार्टफोनलाई उत्कृष्ट बनाउँछ, र त्यो पनि उत्कृष्ट मूल्यमा ।

    • मजबुत निर्माण – मोटोरोला स्मार्टफोन पानी प्रतिरोधी र बलियो डिजाइन सहित आउने भएकाले लामो समयसम्म टिकाउ हुन्छ ।

    • नवीन प्रविधि – फोल्ड गर्न मिल्ने डिस्प्लेदेखि तात्कालिक प्रविधिसम्म, मोटोरोलाले सधैँ नयाँ प्रविधि ल्याउँदै आएको छ।

    नेपालका लागि विशेष मूल्य – नेपाली बजारलाई ध्यानमा राख्दै उचित मूल्यमा प्रिमियम फिचरहरू प्रदान गरिनेछ।

    नेपाली उपभोक्ताहरूको लागि उपयुक्त स्मार्टफोनहरू

    नयाँ मोटोरोला स्मार्टफोनहरूमा समावेश छन्ः

    मोटो जी४५ : ८ जीबी र्याम र १२ जीबी स्टोरेज क्षमता रहेको यो फोनको मूल्य २४ हजार ४९९ रुपैयाँ छ ।

    मोटो जी६४ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य २७ हजार ४९९ छ । यसको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ३० हजार ९९९ छ ।

    मोटो जी८५ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३४ हजार ४९९ रुपैयाँ छ । यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३७ हजाार ४९९ रुपैयाँ छ ।

    मोटो एज ५० फ्युजन : १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य ४६ हजार ४९९ रुपैयाँ छ ।

    मोटो जी०५, मोटो जी३५, मोटो एज ५० र मोटो रेजर ५० को मूल्य भने सार्वजनिक हुन बाँकी छ ।

    नवीनता र सुलभ मूल्यको प्रतिबद्धता

    सिजि मोबाइल्सले नेपाली उपभोक्तालाई नवीनतम प्रविधि उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। Moto Razr 50 को फोल्ड गर्न मिल्ने डिजाइन प्रिमियम स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरिएको छ भने, Moto G45 र Moto G64 ले बजेटमै उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्छ।

    इभेन्टका क्रममा एमबिएलले सिजि डिजिटल आउटलेटहरुबाट स्मार्टफोन खरिद गर्दा शुन्य प्रतिशत इएमआइ सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

    नेपालमा मोटोटोलाको आगमन ले उपभोक्ताहरुलाई भरपर्दो, उत्कृष्ट प्रदर्शन र उचित मूल्यका स्मार्टफोनको नयाँ विकल्प दिनेछ। साथै, यसले नेपालको स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धा ल्याउने छ ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.