३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा ३८ हजार ५ सय बढी बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने

    • अमन गुप्ता अमन गुप्ता
    • today१८ माघ २०८१

     

     

     

    वीरगञ्ज । पर्सा जिल्लामा यहि माघ २२ गतेदेखि सुरु हुने महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी.खोप अभियानका तयारी अन्तिम चरणमा पुगेको छ ।

    Ad
    Ad
    Ad

    शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो ।

    Ad
    Ad
    Ad

    कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण सिंहले माघ २२ देखि फागुन ६ गतेसम्म जिल्लाका १४ वटै पालिकामा चल्ने अभियानमा ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने उनले बताए ।

    Ad
    Ad
    Ad
    Ad

     
     

    उनका अनुसार खोप अभियान पर्सा जिल्लामा दुई चरणमा सञ्चालन हुने छ । माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा, पर्सागढी र पोखरिया नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने छ ।

    यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म, बहुदरमाई नगरपालिका, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, बिन्दवासिनी, छिपहरमाई र ठोरी गाँउपालिकामा लक्षित उमेर समुहका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने साहले जानकारी दिए ।

    खोप अभियानका लागि जिल्लामा रहेका १४ वटै पालिकाका ११२ वटा वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा गरी ३४५ स्थानमा खोप केन्द्र स्थापना गरिने छ । ती सबैमा गरि ६ सय ९० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।

    कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माघ २२ देखि सञ्चालन हुने एच.पी.भी.खोप अभियानलाई पर्सा जिल्लामा सफल पार्न सबैमा अनुरोध गरे । उनले अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रहपनि गरे ।

    खोप अभियानलाई त्रूटी र विवादरहित बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी अर्यालले अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, शिक्षिका, राजनीतिक दलका अगुवा,सञ्चारकर्मी लगायतलाई अनुरोध गरे । 

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.