२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाका लागि सम्भावित स्थानको अवलोकन

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१८ माघ २०८१

    वीरगञ्ज । पर्सा जिल्लाको पोखरियामा मालपोत तथा नापी कार्यालयको शाखा स्थापना गर्न सम्भावित स्थानहरूको अवलोकन गरिएको छ ।
    नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयपछि नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरू कार्यालय स्थापना प्रक्रियालाई तीव्रता दिन सक्रिय भएका छन् ।

    Ad
    Ad
    Ad

     

    यसै क्रममा बिहीबार पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो ।

    Ad
    Ad
    Ad

    बैठकपछि प्रमुख चौहान नेतृत्वको टोलीले कार्यालय स्थापनाका लागि तीन सम्भावित स्थानको अवलोकन गरेको छ । अवलोकन भएको स्थानहरूमा पोखरिया–४ स्थित शिव मन्दिर परिसर, कृषि शाखा कार्यालयको भवन, र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशाला परेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    अवलोकन टोलीका सदस्य तथा सर्वेक्षक राम प्रमोद राउतका अनुसार निरीक्षण गरिएका स्थानहरूमध्ये उपयुक्त ठाउँ छनोट गरी चाँडै मालपोत र नापी कार्यालय सञ्चालन गरिनेछ ।

    अवलोकन टोलीमा भूमि व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल, नापी विभागका राकेश कुमार झा, अजय कुमार श्रीवास्तव, सर्वेक्षक राम प्रमोद राउत, नापी अधिकृत राजकुमार विश्वकर्मा, रामरेखा चौरसिया, विभिन्न वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी शैलेश गुप्ता लगायतको सहभागिता थियो ।

    सरकारको निर्णय कार्यान्वयन गर्दै पोखरियामा मालपोत र नापी कार्यालय स्थापनापछि नागरिकलाई जग्गा सम्बन्धी सेवा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.