१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाका लागि सम्भावित स्थानको अवलोकन

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१८ माघ २०८१

    वीरगञ्ज । पर्सा जिल्लाको पोखरियामा मालपोत तथा नापी कार्यालयको शाखा स्थापना गर्न सम्भावित स्थानहरूको अवलोकन गरिएको छ ।
    नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयपछि नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरू कार्यालय स्थापना प्रक्रियालाई तीव्रता दिन सक्रिय भएका छन् ।

    Ad
    Ad
    Ad

     

    यसै क्रममा बिहीबार पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो ।

    Ad
    Ad
    Ad

    बैठकपछि प्रमुख चौहान नेतृत्वको टोलीले कार्यालय स्थापनाका लागि तीन सम्भावित स्थानको अवलोकन गरेको छ । अवलोकन भएको स्थानहरूमा पोखरिया–४ स्थित शिव मन्दिर परिसर, कृषि शाखा कार्यालयको भवन, र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशाला परेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    अवलोकन टोलीका सदस्य तथा सर्वेक्षक राम प्रमोद राउतका अनुसार निरीक्षण गरिएका स्थानहरूमध्ये उपयुक्त ठाउँ छनोट गरी चाँडै मालपोत र नापी कार्यालय सञ्चालन गरिनेछ ।

    अवलोकन टोलीमा भूमि व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल, नापी विभागका राकेश कुमार झा, अजय कुमार श्रीवास्तव, सर्वेक्षक राम प्रमोद राउत, नापी अधिकृत राजकुमार विश्वकर्मा, रामरेखा चौरसिया, विभिन्न वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी शैलेश गुप्ता लगायतको सहभागिता थियो ।

    सरकारको निर्णय कार्यान्वयन गर्दै पोखरियामा मालपोत र नापी कार्यालय स्थापनापछि नागरिकलाई जग्गा सम्बन्धी सेवा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.