२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भैरहवाबाट स्थलमार्ग हुँदै गोरखपुरको यात्रामा पूर्वराजा शाह

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१७ माघ २०८१

    कपिलवस्तुको तौलिहवास्थित ताम्रेश्वरनाथ महादेव मन्दिरको दर्शनका लागि जाँदै गर्दा पूर्वराजा शाह (तस्वीर : सुशान्त आचार्य)काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (बिहीबार) गोरखपुर यात्रामा निस्कँदैछन् । उत्तर प्रदेशमा अवस्थित गोरखनाथ मन्दिरको दर्शनका लागि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । शाहका संवाद सचिव फणीराज पाठकका अनुसार भैरहवाबाट स्थलमार्ग हुँदै बिहीबार दिउँसो २ बजे गोरखपुरको यात्रामा निस्कने कार्यक्रम तय भएको छ ।

    Ad
    Ad
    Ad

     

    पूर्वराजा शाह केही दिनदेखि भैरहवामा थिए । भैरहवाबाटै गोरखपुर गएर मात्रै उनी काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।
    गोरखपुर मन्दिरको दर्शन र पूजाआजाका लागि उनी त्यहाँ जान लागेका हुन् ।
    भोलि (शुक्रबार) शाहले गोरखपुर मन्दिरमा पूजाआजा गर्नेछन् । शाहसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी शाह पनि गोरखपुर जानेछिन् ।

    Ad
    Ad
    Ad

     

    पूजाआजाबाहेकका अन्य कुनै कार्यक्रम नभएको पाठकले बताए । यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ । ‘गोरखनाथको पुजारी आदित्यनाथजी हो । उहाँ पनि त्यहाँ जानुभयो भने भेट हुन पनि सक्छ,’ पाठकले थप प्रष्ट पार्दै भने, ‘खास सवारीको उद्देश्य चाहिँ गोरखनाथमा पूजा गर्ने हो ।’

    Ad
    Ad
    Ad
    Ad

     

    हाल भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका योगी लामो समय गोरखनाथ मन्दिका मुख्य पुजारी थिए ।पूर्वराजा शाह कति दिन गोरखपुर रहने भन्नेबारे अहिले यकिन भइसकेको छैन ।
    ‘जाने दिन भोलि हो । कति दिन राज हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने ।गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने परम्परा छ । सोही परम्पराको निरन्तरता दिँदै उनी गोरखपुर जान लागेका हुन् । भोलि शुक्रबार मन्दिरमा खिचडी चढाउने कार्यक्रम छ ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.