६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सुरु, वाणिज्य र व्यवस्थापनमा नयाँ

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१७ माघ २०८१

    वीरगञ्ज । नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन वीरगञ्जमा सुरु भएको छ । 
    वीरगञ्जको होटेल भिषुवामा बुधवारदेखि सुरु भएको सम्मेलनको प्रमुख अतिथि तथा भारतीय कमर्स एसोसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय जाउनपुर युपीका प्रमुख प्रा. डा. मानस पाण्डेले उद्घाटन गरेका छन् ।

     

    Ad
    Ad


    नेपालका उद्योग र व्यवसायमा भएका सम्भावनाहरूलाई संस्थागत गर्दै तिनीहरूको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।
    सम्मेलनका प्रमुख उद्देश्यहरूमध्ये एक वाणिज्य र व्यवस्थापन क्षेत्रमा अनुसन्धान, अध्ययन र सम्भावनाको अनुसन्धान गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासको मार्गचित्र तयार गर्नु रहेको नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताए ।

     

    Ad
    Ad


    चौधरीका अनुसार, सम्मेलनले नेपालको वाणिज्य र व्यवस्थापन क्षेत्रमा नयाँ विचार र दिशा प्रस्तुत गर्नेछ । उनले भने, “सम्मेलनले नेपालका व्यावसायिक क्षेत्रमा सुधार र नवचारको अवसर प्रदान गर्नेछ । यसबाट प्राप्त निष्कर्षहरूले हाम्रो आर्थिक भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुर्‍याउनेछ ।”कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रा. डा. मानस पाण्डेले वाणिज्य र व्यावसायिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गर्दै वर्तमान अवस्थामा विश्वमा व्यापार र उद्योगका क्षेत्रहरू एक अर्कासँग सञ्जाल जडान गर्दै गएको बताए । “यस्तो सम्मेलनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र ज्ञानको आदानप्रदान गर्न मद्दत गर्दछ । हामीलाई आपसी सहयोगका माध्यमबाट नयाँ सम्भावनाहरूको खोजी गर्न आवश्यक छ,” उनले भने ।

     

    Ad


    त्यस्तै राजर्षि जनक विश्वविद्यालयका डीन डा. विनोद साहले वाणिज्य क्षेत्रमा हुने अध्ययन र अनुसन्धानको महत्त्वलाई जोड सम्मेलनले नेपालका व्यावसायिक संस्थाहरू र शैक्षिक संस्थाहरूको बिचमा नयाँ विचार र अन्वेषणको बाटो खोल्ने बताए । उनले भने, “यसले हामीलाई एक अर्कासँगको सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्नेछ ।”महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्रा. अशोक झाले अनुसन्धान र अनुसन्धानात्मक कार्यहरूको समर्थक गर्दै व्यवसाय र उद्योग क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्ने र तिनलाई समाधान गर्ने उपायहरू पहिचान गर्न अन्वेषण र अनुसन्धानको आवश्यकता रहेको औँल्याए । सम्मेलनको माध्यमबाट नयाँ समाधानहरू पत्ता लाग्ने उनले आफ्नो अपेक्षा र विश्वास पनि प्रकट गरे ।


    नेपाल कमर्स क्याम्पसका सह-अध्यक्ष डा. सुरेन्द्र महतोले व्यावसायिक शिक्षा र ज्ञानको महत्त्वलाई औँल्याउँदै व्यावसायिक शिक्षा र अनुसन्धानका क्षेत्रहरूमा भएका नयाँ अवधारणाहरूले नेपालका युवा व्यवसायीहरूलाई मार्गदर्शन गर्दै उनीहरूलाई प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सम्मेलनको महत्त्व र समाचार सञ्चारको भूमिकाबारे आफ्नो विचार व्यक्त गर्दै भने, “सम्मेलन नेपालका आर्थिक परिप्रेक्ष्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर हो । हामीलाई यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चार गर्नुपर्ने आवश्यकता छ ।”


    कार्यक्रमको दोस्रो सत्रमा २१ वटा विभिन्न क्षेत्रका कार्यपत्रहरू प्रस्तुत गरिने छन् । कार्यपत्रहरूले व्यवसाय, वाणिज्य, वित्तीय व्यवस्थापन, बजार अध्ययन, र मानव संसाधनको क्षेत्रमा भएका विभिन्न महत्त्वपूर्ण विषयहरूमा गहिरो विचार प्रस्तुत गर्ने छन् । दोस्रो सत्रले विभिन्न क्षेत्रका विश्लेषक र विशेषज्ञहरूको विचारमूलक छलफलको अवसर प्रदान गर्ने नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताए ।डा. चौधरीको अध्यक्षतामा भइरहेको सम्मेलन वाणिज्य र व्यवस्थापन क्षेत्रमा ज्ञानको सञ्जाललाई विस्तार गर्नको लागि एक महत्त्वपूर्ण कदम मानिएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.