२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेसकेन्द्रित ८ दलको बैठक बस्दै

    • बिशाल यादब बिशाल यादब
    • today१७ माघ २०८१

    संविधान संशोधन, मधेस आन्दोलन र अबको राजनीतिक यात्राका बारेमा एक जुट हुने प्रयास गरिरहेका मधेसकेन्द्रित ८ राजनीतिक दलको बैठक बिहीबार बस्दैछ। बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।

    Ad
    Ad
    Ad

    बैठकले मोर्चा निर्माणका लागि कार्यदल बनाउने र आगामी  एजेण्डाहरू तय गर्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए। यसअघि ८ दलको बैठक गत माघ १ र १४ गते काठमाडौंमा बसेको थियो। बिहीबारको बैठकले शीर्ष नेताहरूसँग समन्वय र छलफल गर्नका लागि कार्यदल बनाउने नेता झाले जानकारी दिए।

    Ad
    Ad
    Ad

    सरकारले संविधान संशोधनको बहस अघि बढाएपछि मधेसकेन्द्रित दलहरूले पनि मोर्चा निर्माणको प्रयास थालेका हुन्। यसलाई नेताहरूले लुज फोरम भनेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    जसमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन्।


    मधेसको आन्दोलन कमजोर भएकाले त्यसलाई उठाउनुपर्छ भन्ने लागेपछि नै आफूहरू एकजुट भएको त्रिपाठीले बताए।
    ‘मधेस आन्दोलन उचाइमा पुगेर ध्वस्त भयो। जसपा बन्दा त ठूलै पार्टी बनेको थियो। त्यो पनि जोगिएन। त्यसले मलाई एक किसिमको बेचैनीजस्तो भयो,’ त्रिपाठीले सेतोपाटीसँग भने, ‘सुरूमा जनमत र तराई-मधेस पार्टीसँग बसेर कुरा भएको थियो। अहिले ८ दलसम्म पुगिएको छ। केही मुद्दामा सहकार्य गर्ने भनिएको छ। विकसित हुँदै जाँदा मोर्चासम्म जाला।’

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.