२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विराट एक्स्पोमा खारेजीमा परेको संस्थाले स्टल राखेपछि खैलाबैला

    • दिलखुस देवान दिलखुस देवान
    • today१७ माघ २०८१

    विराटनगर । विराटनगरमा गत १२ गतेदेखि सुरु भएको विराट एक्स्पोमा खारेज गरिएको संस्थाले पनि स्टल राखेपछि खैलाबैला मच्चिएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले २०८१ कार्तिक ८ गते विराटनगर–१०, ट्राफिक चोकमा कार्यालय रहेको ‘अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ प्रभुपाद’ नामक संस्था खारेज गरेको थियो ।तर, उक्त संस्थाले एक्स्पोमा स्टल राखेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उच्च अदालतको आदेशानुसार सोमबार खारेज भएको संस्थाको सम्पूर्ण गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको छ । 

    Ad
    Ad
    Ad


    ‘श्री मोरङ जिल्ला अदालतबाट मिति २०८१/०७/१४ मा जारी भएको अन्तरिम आदेशलाई श्री उच्च अदालत विराटनगरको मिति २०८१/१०/१० को आदेशानुसार निरन्तरता नदिने आदेश भएकोले यस कार्यालयमा मिति २०८१/०४/०३ मा दर्ता नं. ४२१५ मा दर्ता भई खारेज भएको अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ प्रभुपाद नामक उक्त संस्थाको सम्पूर्ण गतिविधिहरू नियन्त्रण गर्न तथा चल अचल सम्पत्ति समेत रोक्का गर्नुहुन आदेशानुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ । 

    Ad
    Ad
    Ad


    संस्थाले २०४७ सालमा नेपालमा दर्ता भएको विश्वव्यापी इस्कोनको नक्कल गर्दै जनमानसमा भ्रम सिर्जना गरेको आरोप थियो । उक्त संस्थाले २०८१ मंसिर १३ गते मोरङ जिल्ला अदालतमा पुनरावेदन गई सो निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन आदेश प्राप्त गरेपनि २०८१ माघ १० गते उच्च अदालत बिराटनगरले सो अन्तरकालीन आदेशलाई बदर गरेको थियो । 

    Ad
    Ad
    Ad
    Ad

    योसँगै अब जिल्ला प्रशासन कार्यालय, मोरङको २०८१ कार्तिक ८ को कारबाही कार्यान्वयनमा गएको छ । संस्था दर्ता ऐन २०३४ को दफा १४(१) बमोजिम खारेज भएको संस्थाको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आउने जनाइएको छ । 

    खारेज भइसकेको संस्थाले भने विराट एक्स्पोमा सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्पत्ति ११७ नम्बरको स्टलबाट खुलेआम व्यापारिक प्रयोजनमा लगाएका छन् । एक्स्पोका आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उक्त स्टलको विषयमा धेरैले चासो राखेको कारण के रहेछ भनेर आफूले पनि बुझ्न लागेको बताए । 

     

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.