२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा भन्सार छलीका सामान बरामद

    • बिशाल यादब बिशाल यादब
    • today१७ माघ २०८१

    वीरगंज | पर्सा प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले वीरगञ्जका विभिन्न स्थानमा गस्ती गर्दै ३ लाख ५ हजार रुपैयाँ बराबरका लत्ताकपडा, कुखुरा, पाडी तथा अन्य सामग्री नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगञ्जबाट कलैया जाँदै गरेको सार्वजनिक गाडी जाँच गर्ने क्रममा तीन पोका साडी फेला पारेको थियो, जसको अनुमानित मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको छ। बरामद कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

    Ad
    Ad
    Ad

    त्यस्तै, इलाका प्रहरी कार्यालय लगंडीको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको बीआर २२ ई ८७९७ नम्बरको मोटरसाइकलमा ३८ वटा अबैध कुखुरा भेट्टाएको थियो। प्रहरीलाई देखेपछि चालक फरार भएकाले मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिइएको छ। ती कुखुराको अनुमानित मूल्य ४० हजार रुपैयाँ रहेको छ भने नियन्त्रणमा लिइएका कुखुरा पशु क्वारेन्टाइन कार्यालय, सिर्सिया, पर्सामा बुझाइएको छ।

    Ad
    Ad
    Ad


    यसैगरी, वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ स्थित घुसुकपुरबाट चोरी पैठारी गरी ल्याइएको एक भैँसीको पाडी नियन्त्रणमा लिएको छ, जसको अनुमानित मूल्य १५ हजार रुपैयाँ रहेको छ।प्रहरीले वीरगञ्ज–३ स्थित प्रगतीनगरमा रहेको एम.के. फ्रुट्स गोदाममा छापा मार्दा कुनै बिलबिजक नभएका नारिवल, सुपाडी तथा छोगडा बरामद गरेको छ। ती सामानहरूको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ।बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले भन्सार छली तथा अबैध तस्करी नियन्त्रण गर्न थप निगरानी बढाउने बताएको छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीका अनुसार पछिल्लो समय पर्सा जिल्लामा भन्सार छली तथा अबैध तस्करीका घटनाहरू बढ्दै गइरहेका छन्। विशेष गरी भारतबाट नेपालतर्फ कपडा, खाद्य सामग्री, पशु तथा अन्य उपभोग्य वस्तुहरू भन्सार छली गरी ल्याइने क्रम जारी छ। यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले विशेष गस्ती तथा निगरानी अभियान सञ्चालन गरिरहेको छ।

    यसअघिका अभियानहरूमा पनि प्रहरीले लाखौँ रुपैयाँ बराबरका चोरी पैठारी गरिएका सामान बरामद गर्दै आइरहेको छ। सीमावर्ती क्षेत्रका विभिन्न नाका प्रयोग गरी भन्सार छल्ने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ। यस्ता गतिविधि रोक्नका लागि सुरक्षाकर्मीको उपस्थिति तथा अनुगमनलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

    साथै, प्रहरीले भन्सार छली तथा अवैध तस्करीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। व्यवसायी तथा सर्वसाधारणलाई कानुनी मार्ग अपनाउन आग्रह गर्दै प्रहरीले अबैध रूपमा सामान ओसारपसार गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने बताएको छ।

    यस अभियानले भन्सार छली तथा तस्करी नियन्त्रणमा कति प्रभाव पार्छ भन्ने कुरा भने आउँदा दिनमा देखिनेछ।

     

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.