२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीपीसीमा हल्ट प्राइजको अन-क्याम्पस इभेन्टअन्तर्गत “बिजनेस मोडेल क्यानभास” सम्बन्धी प्रशिक्षण सम्पन्न

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१७ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेजमा बुधवार आयोजित हल्ट प्राइज बीपीसी अन-क्याम्पस इभेन्ट अन्तर्गत “बिजनेस मोडेल क्यानभास” विषयक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।हल्ट प्राइज विश्वविद्यालय स्तरमा आयोजना गरिने प्रतियोगिता हो । प्रतियोगितामा विद्यार्थीहरूले नवप्रवर्तनशील सोच र समस्याहरू समाधान गर्ने क्षमतालाई अभिवृद्धि गर्दै सामाजिक उद्यमशीलताको अवधारणालाई आत्मसात् गर्ने अवसर प्राप्त गर्छन् ।बुधवार आयोजित “बिजनेस मोडेल क्यानभास” को प्रशिक्षण व्यावसायिक रणनीतिकार मनीष चालिसेले सञ्चालन गरेका थिए ।

    Ad
    Ad
    Ad


    कलेजको तालिम हलमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक चालिसेले बिजनेस मोडेल क्यानभासको अवधारणाबारे विस्तृत चर्चा गरेका थिए । उनले बिजनेस मोडेल क्यानभास एक रणनीतिक उपकरण भएको बताउँदै यसले व्यवसायलाई योजनाबद्ध रूपमा अगाडि बढाउन मद्दत गर्ने जानकारी गराए ।

    Ad
    Ad
    Ad

    प्रशिक्षणमा सहभागीहरूले आफ्नो व्यावसायिक दृष्टिकोणलाई स्पष्ट पार्दै, लक्षित ग्राहक समूह पहिचान गर्ने, मूल्य प्रस्ताव निर्माण गर्ने, आम्दानीका स्रोत पहिल्याउने, बजारमा आफूलाई प्रभावकारी रूपमा स्थापित गर्ने तथा लागत संरचनालाई व्यवस्थित गर्ने विषयमा ज्ञान प्राप्त गरेको सञ्चार तथा जनसम्पर्क टोली प्रमुख प्रियङ्का गिरीले जानकारी दिइन् ।

    Ad
    Ad
    Ad
    Ad

    प्रशिक्षण कार्यक्रम अत्यन्तै प्रभावकारी र अन्तरक्रियात्मक रहेको र सहभागीहरूले व्यावहारिक उदाहरणहरूमार्फत सिक्ने अवसर पाएको गिरीले बताइन । बुधवारको सत्रमा देखिएको उत्साहजनक सहभागिताले प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूबाट नवीनतम र प्रभावशाली व्यावसायिक अवधारणाहरू प्रस्तुत हुने आफूले अपेक्षा लिएको उनको भनाइ छ  ।

    हल्ट प्राइज बीपीसी अन-क्याम्पस इभेन्टले युवा उद्यमीहरूलाई नवप्रवर्तनशील सोच र दिगो सामाजिक व्यवसाय विकासका लागि प्रेरित गर्दै आएको छ । 

    हल्ट प्राइज एक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसले विश्वविद्यालयका विद्यार्थीहरूलाई विश्वव्यापी रूपमा प्रभाव पार्ने गरी दिगो र विस्तारित हुनसक्ने सामाजिक उद्यम निर्माण गर्न उत्प्रेरित गर्छ । प्रतियोगिता चार चरणमा सम्पन्न हुन्छ – प्रारम्भिक अन-क्याम्पस प्रतिस्पर्धाबाट सुरु भएर क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर हुँदै अन्ततः अमेरिकाको बोस्टनस्थित हल्ट इन्टरनेशनल बिजनेस स्कूलमा सम्पन्न हुने ग्लोबल फाइनलमा पुग्छ ।

    अन्तिम विजेताले एक मिलियन अमेरिकी डलर पुरस्कार जित्ने अवसर पाउँछन् ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.