२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सिंहदरबारमा बस्दै मधेस केन्द्रित दलहरूको बैठक, मोर्चाबन्दीको तयारी तीव्र

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ माघ २०८१

    वीरगञ्ज । मधेस केन्द्रित आठ राजनीतिक दलहरूको बैठक आज दिउँसो सिंहदरबारमा बस्ने भएको छ ।

    Ad
    Ad
    Ad

    जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का नेता मनिष सुमनका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ । यसअघि सम्पन्न बैठकको निरन्तरताका रूपमा आज पुनः छलफल हुन लागेको हो ।संविधान संशोधनको चर्चा चलिरहेकै बेला मधेस केन्द्रित दलहरू पुरानो मधेसी मोर्चा पुनर्जीवित गर्ने प्रयासमा छन् । पछिल्ला बैठकहरूमा संसद्‌भित्र रहेका र बाहिर रहेका सबै सम्बद्ध दलहरू सहभागी हुँदै आएका छन् ।

    Ad
    Ad
    Ad

    बैठकमा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, तथा तराई मधेस लोकतान्त्रिक पार्टी सहभागी हुनेछन् ।

    Ad
    Ad
    Ad
    Ad

    बैठकमा संविधान संशोधन, मधेस मुद्दासम्बन्धी रणनीति, मोर्चाबन्दीको भविष्य, सङ्घीयता कार्यान्वयनको अवस्था, तथा सरकारसँग वार्ता रणनीति मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ ।

    सरकारले सङ्घीय संसद्मा राजनीतिक दलहरूको सङ्ख्या घटाउन निर्वाचन थ्रेसहोल्ड बढाउने तयारी गरिरहेको छ । हाल प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधित्व गर्न पाउँछन् । सरकारले यसलाई बढाएर ५ प्रतिशत पुर्‍याउने प्रस्ताव गरेको छ । प्रदेश सभाका लागि भने थ्रेसहोल्ड १.५ प्रतिशतबाट ३ प्रतिशत पुर्‍याउने योजना छ ।

    यसअघि मधेस केन्द्रित दलहरूबिच एकता प्रयास भइरहे पनि राजनीतिक मतभेदका कारण साझा मोर्चा प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन । तर, संविधान संशोधनका सन्दर्भले मधेस केन्द्रित दलहरूलाई पुनः एकताबद्ध गराउने देखिएको छ ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.