१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरूद्ध सडकमा उत्रिए आवासीय चिकित्सक

    • बिशाल यादब बिशाल यादब
    • today१६ माघ २०८१

    काठमाडौं,  – स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले संयुक्त रूपमा गरेको निर्णयविरूद्ध आवासीय चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन्। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे गरेको निर्णयको विरोधमा चिकित्सकहरूले सडक संघर्ष थालेका हुन्। विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्।

    Ad
    Ad
    Ad

    चिकित्सकहरूको गुनासो छ कि मन्त्रीद्वयले गरेको निर्णयले आवासीय चिकित्सकहरूको पारिश्रमिकलाई असमान र अपमानजनक बनाएको छ। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले उक्त निर्णयको विरोध गर्दै २४ घण्टे चेतावनी दिएका थिए। समितिको अनुसार, यदि निर्णय फिर्ता नगरेको खण्डमा आवश्यक सेवाबाहेक सबै सेवाहरू बहिष्कार गर्ने चेतावनी दिइएको छ।

    Ad
    Ad
    Ad

    निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकका लागि पारिश्रमिक तीन वर्षको अध्ययन अवधिमा क्रमशः २५ हजार, ३० हजार र ३५ हजार रूपैयाँका दरमा दिने निर्णय गरिएको छ। यसले चिकित्सकहरूको आर्थिक अवस्था गम्भीर बनाएको भन्दै उनीहरूलाई यसको विरोध छ। उनीहरूको माग भनेको, सरकारी मेडिकल कलेजका आवासीय चिकित्सकसँग बराबरी पारिश्रमिक प्राप्त गर्नु हो।

    Ad
    Ad
    Ad
    Ad

    स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले भने, “हामी अहिले माइतीघरमा सडक संघर्षमा उत्रिएका छौं। हाम्रो माग सरकारबाट सुनुवाइ नभए, हामी देशभर सडक संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।”

    अध्यक्ष घिमिरेका अनुसार, देशभरका ४० अस्पताल र शिक्षण संस्थाका चिकित्सकहरूले यस आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। उनका अनुसार, सरकारी मेडिकल कलेजका आवासीय चिकित्सकहरू, निजी मेडिकल कलेजका आवासीय चिकित्सक र सरकारी अस्पतालका चिकित्सकसमेत यस आन्दोलनमा सामेल छन्।

    आवासीय चिकित्सकहरूको कार्यक्षेत्र र जिम्मेवारी धेरै व्यापक हुन्छ, उनीहरूले लगातार ३६ घण्टा सिफ्टमा ड्युटी गर्नुका साथै आकस्मिक विभाग, वार्ड र बिरामीहरूको उपचारका महत्त्वपूर्ण कामहरू पनि गर्छन्। उनीहरूको तलब सुविधा भने निकै कम छ। सरकारी अस्पतालमा आवासीय चिकित्सकले ४८ हजार रुपैयाँ पाउँछन् भने निजी मेडिकल कलेजमा त १८-२० हजार रुपैयाँ मात्र प्राप्त हुन्छ, र कहिलेकाहीँ त तीन-चार महिना तलब नपाउने समस्या पनि छ।

     
     
     
     
     

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.