३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकार समृद्धिको यात्रामा छ : गृहमन्त्री लेखक

    • रुस्तम देवान रुस्तम देवान
    • today१६ माघ २०८१

     काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा निरन्तर लागिरहेको बताएका छन् ।

    Ad
    Ad
    Ad

    राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारले सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सरकार सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै गएको बताए । देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उनको भनाइ थियो ।

    Ad
    Ad
    Ad

     


    गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्नुपर्ने र सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्ने पनि बताए ।

    Ad
    Ad
    Ad
    Ad

    संविधानको रक्षा, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण राष्ट्रिय आवश्यकता भएको बताउँदै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने धारणा राखे । उनले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

     


    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै उनले सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताए ।

    उनले भने, ‘म सरकारको तर्फबाट पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मुलुकमा दिगो शान्ति, शुसान, विकास र समृद्धि स्थापना गर्ने विषयमा कुनैपनि बाधा, अवरोध र कठिनाइले रोक्ने छैन । हामी अविचलित रूपमा जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ ।’

    गृहमन्त्रालय नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, शान्ति, स्थिरता र विधिको शासन कायम गर्न निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवद्र्धनमा सरकार निरन्तर लागिरहेने प्रतिबद्धता व्यक्त गरे ।

    राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिँदै उनले लोकतन्त्रको रक्षा गरी सहिदहरूको बलिदानलाई सार्थक तुल्याउने कार्यमा सहकार्य गर्न सबैमा आह्वान गरे ।

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.