३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समाजवादी मोर्चाको बैठक जारी

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१६ माघ २०८१

    काठमाडौं, – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा मिलेर बनेको समाजवादी मोर्चाले मंगलबार राजधानीमा विचार गोष्ठीको आयोजना गरेको थियो।

    Ad
    Ad
    Ad

    समाजवादी मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरन्तर प्रयास गर्दै आएका छन्। प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपाका महासचिव विप्लवसँग निरन्तर संवाद गरिरहेका छन्। प्रचण्डको प्रयास भनेको मोर्चालाई थप बलियो र प्रभावकारी बनाउनु हो।

    Ad
    Ad
    Ad

    समाजवादी मोर्चा गठनको समयमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि समावेश थियो। तर जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा नयाँ जसपा बनेको छ। उपेन्द्र यादवले प्रचण्डलाई आफ्नो पार्टी फुटाउने भूमिकामा सहयोगी ठान्दै रुष्ट रहेका छन्। यद्यपि, प्रचण्डले उपेन्द्रलाई मोर्चामा समेट्ने प्रयास जारी राखेका छन् र उनले नेपाललाई उपेन्द्रलाई सक्रिय बनाउने जिम्मेवारी दिएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    यसअघि, माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले उपेन्द्र यादवले पार्टी फुटको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र त्यसको निर्णय पछि मोर्चामा सक्रिय हुने बारे सकारात्मक जवाफ दिएको जानकारी दिएका थिए।

    बुधबारको मोर्चाको बैठक संसद अधिवेशनको पूर्वसन्ध्यामा बसेको हो। मोर्चामा रहेका नेताहरू संसदमा साझा एजेण्डामा एकतावद्ध भएर प्रस्तुत हुने र संसदमा नरहेका दलले सडकबाट सरकारमाथि खबरदारी गर्ने योजना बनाएका छन्।

     
     
     
     
     

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.