२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली काँग्रेसद्वारा वीरगञ्जमा सहिद दिवसको अवसरमा १० जना सम्मानित

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१६ माघ २०८१

    वीरगञ्ज – नेपाली काँग्रेस पर्साले वीरगञ्जमा सहिद दिवसको अवसरमा १० जना अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ। कार्यक्रम वीरगञ्ज-१४ गण्डक चोकस्थित सहिद तेजबहादुर अमात्यको सालिक परिसरमा बुधवार आयोजित एक विशेष समारोहमा सम्पन्न भएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले लोकतन्त्र, मानव अधिकार र समाज सेवामा उल्लेखनीय योगदान पुर्याउने १० जना व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरे। सम्मानित व्यक्तिहरूमा नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरी समावेश थिए।

    Ad
    Ad
    Ad

    सम्मानित गर्दै कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले भने, “हामी सबैको कर्तव्य हो सहिदहरूको सपना पूरा गर्नु, र आजका सम्मानित व्यक्तित्वहरूले त्यस कार्यमा ठूलो योगदान पुर्याउनुभएको छ। उहाँहरूको योगदानले हामीलाई हरेक दिन नयाँ सङ्कल्पका साथ अघि बढ्न प्रेरणा दिइरहेको छ।”

    Ad
    Ad
    Ad
    Ad

    प्रदेश सभा सदस्य श्याम पटेलले पनि सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गर्दै भने, “आज सम्मानित भएका व्यक्तिहरूले आफ्नो जीवनको ठूलो हिस्सा समाजको हितमा समर्पित गर्नुभएको छ। उहाँहरूको योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो। यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई समाजसेवा र राजनीतिमा सक्रिय हुन प्रेरित गर्छ।”

    कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेसका क्षेत्रीय सभापति मोहम्मद शाहाबुद्धीनले गरेका थिए। कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको व्यवस्थापन र सञ्चालन नेपाली काँग्रेस पर्साका क्षेत्रीय सचिव रञ्जित कुमार पटेलले गरेका थिए।

    यस सम्मान कार्यक्रममा स्थानीय अगुवाहरूको योगदानको कदर गर्दै, यसले समाजको विकास र प्रगतिको लागि भएका विभिन्न पहलहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.