२९ असार २०८३, सोमबार / 13 July 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा एचपिभि खोप अभियान माघ २३ देखि सुरू हुने

    • बिशाल यादब बिशाल यादब
    • today१५ माघ २०८१

    बारा । बारामा माघ २३ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप अभियान सुरु हुने भएको छ। “खोप निशुल्क पाईन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ” भन्ने नाराका साथ स्वास्थ्य कार्यालय बाराले यो अभियान सुरु गरेको हो।

    Ad
    Ad
    Ad

    अभियानको प्रथम चरणमा माघ २३ देखि २५ गतेसम्म बाराका आठ स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ। यी स्थानहरूमा जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, परवानिपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिका रहेका छन्।

    Ad
    Ad
    Ad

    दोस्रो चरणमा फाल्गुन ४ देखि ६ गतेसम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका, र करैयामाई गाउँपालिकामा खोप लगाइनेछ।

    Ad
    Ad
    Ad
    Ad

     

    यो अभियान विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीहरूलाई लक्षित गरिएको छ।

    स्वास्थ्य कार्यालय बाराका अनुसार एचपिभि खोप पूर्ण रूपमा सुरक्षित रहेको र यसले किशोरीहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप प्रभावकारी उपाय भएकोले अभिभावकहरूले आफ्ना बालिकालाई खोप लगाउन प्रेरित गर्नुपर्ने बताइएको छ।

    स्वास्थ्य तथा सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यो खोप अभियान सफल बनाउन स्थानीय सरकार, विद्यालय, र स्वास्थ्यकर्मीहरूको सहकार्यमा सञ्चालन भइरहेको छ।

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.