१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेयर हर्क साम्पाङलाई कारबाही गर्न महासंघको माग

    • अशोक यादब अशोक यादब
    • today१४ माघ २०८१

    काठमाडौँ । नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो ।

    Ad
    Ad
    Ad

    पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्ने विरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ । ‘अतः महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औँल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्री समक्ष अनुरोध गर्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा माग गरिएको छ ।

    Ad
    Ad
    Ad

    सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ । यस्तै नगर प्रमुख साम्पाङले नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिए पनि धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेको समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शीताको गम्भीर प्रश्न उठेकाले यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने मिसनको प्रतिवेदनले औँल्याएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     
     

    महासंघको पत्रमा योसँगै प्रेस स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरू सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरिन्छ भनिएको छ । पत्र बुझेसँगै गृहमन्त्री लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दे प्रेस स्वतन्त्रता हननमा संलग्नहरूलाई राज्यले कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.