१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नवजनजागृति यूवा क्लब मधेस प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१४ माघ २०८१

    बारा । बाराको सिमरास्थित नवजनजागृति यूवा क्लबले मधेस प्रदेश च्याम्पियनको उपाधि जित्दै एन्फा प्रेसिडेन्ट लिगमा स्थान पक्का गरेको छ।

    Ad
    Ad
    Ad

    आइतबार महोत्तरीको जलेश्वर रंगशालामा सम्पन्न मधेस प्रदेश लिगको फाइनलमा नवजनजागृतिले सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० गोलले पराजित गर्दै चैत महिनामा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेस प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरेको हो।नवजनजागृति यूवा क्लबले यसअघि २०८१ सालको बारा जिल्ला लिगमा च्याम्पियन बन्दै मधेस प्रदेश लिगमा बाराको प्रतिनिधित्व गरेको थियो। यो जीतसँगै नवजनजागृति क्लब पहिलो पटक एन्फा प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको 

    Ad
    Ad
    Ad

    फाइनल खेलमा नवजनजागृतिका विक्रम थोकर र अञ्जन बछारले समान १–१ गोल गरे। खेलको दोस्रो मिनेटमै विक्रम थोकरले सप्तरीविरुद्ध गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नवजनजागृतिका अञ्जन बछारले ५६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

    Ad
    Ad
    Ad
    Ad

    खेलमा उत्कृष्ट प्रदर्शन गरेका नवजनजागृतिका रोहन तामांगलाई "म्यान अफ द म्याच" घोषित गरिएको थियो।प्रतियोगितामा विजेता बनेको नवजनजागृति यूवा क्लबले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको सप्तरीको प्रोग्रेसिभ यूवा क्लबले २५ हजार रुपैयाँ प्राप्त गरेको छ।नवजनजागृति यूवा क्लबका प्रथम उपाध्यक्ष शंकर थापाका अनुसार यो जीतले क्लबलाई थप हौसला दिएको छ र एन्फा प्रेसिडेन्ट लिगमा राम्रो प्रदर्शन गर्नका लागि तयारीलाई अझ सुदृढ बनाइने छ।

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.