२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नवजनजागृति यूवा क्लब मधेस प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१४ माघ २०८१

    बारा । बाराको सिमरास्थित नवजनजागृति यूवा क्लबले मधेस प्रदेश च्याम्पियनको उपाधि जित्दै एन्फा प्रेसिडेन्ट लिगमा स्थान पक्का गरेको छ।

    Ad
    Ad
    Ad

    आइतबार महोत्तरीको जलेश्वर रंगशालामा सम्पन्न मधेस प्रदेश लिगको फाइनलमा नवजनजागृतिले सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० गोलले पराजित गर्दै चैत महिनामा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेस प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरेको हो।नवजनजागृति यूवा क्लबले यसअघि २०८१ सालको बारा जिल्ला लिगमा च्याम्पियन बन्दै मधेस प्रदेश लिगमा बाराको प्रतिनिधित्व गरेको थियो। यो जीतसँगै नवजनजागृति क्लब पहिलो पटक एन्फा प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको 

    Ad
    Ad
    Ad

    फाइनल खेलमा नवजनजागृतिका विक्रम थोकर र अञ्जन बछारले समान १–१ गोल गरे। खेलको दोस्रो मिनेटमै विक्रम थोकरले सप्तरीविरुद्ध गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नवजनजागृतिका अञ्जन बछारले ५६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

    Ad
    Ad
    Ad
    Ad

    खेलमा उत्कृष्ट प्रदर्शन गरेका नवजनजागृतिका रोहन तामांगलाई "म्यान अफ द म्याच" घोषित गरिएको थियो।प्रतियोगितामा विजेता बनेको नवजनजागृति यूवा क्लबले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको सप्तरीको प्रोग्रेसिभ यूवा क्लबले २५ हजार रुपैयाँ प्राप्त गरेको छ।नवजनजागृति यूवा क्लबका प्रथम उपाध्यक्ष शंकर थापाका अनुसार यो जीतले क्लबलाई थप हौसला दिएको छ र एन्फा प्रेसिडेन्ट लिगमा राम्रो प्रदर्शन गर्नका लागि तयारीलाई अझ सुदृढ बनाइने छ।

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.