५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले जित्यो ५ स्वर्ण, ४ रजत र ११ कांस्य पदक

    • अशोक यादब अशोक यादब
    • today१४ माघ २०८१

    वीरगञ्ज । फस्ट इन्डो नेपाल ताइक्वान्दो ओपन च्याम्पियनशीप्स २०२५ मा वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले उत्कृष्ट प्रदर्शन गर्दै तृतिय स्थान हासिल गरेको छ । कोशी प्रदेश ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउन हलमा आयोजना गरेको दुई दिने प्रतियोगितामा वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले तृतिय स्थान हासिल गरेको हो । 

    Ad
    Ad

    वीरगञ्ज ताइक्वान्दो डोजाङ्गबाट अफताब आलम, महमद शोयब अख्तर, इमरान शेख, सुजित यादव, र रोहन पटेलले स्वर्ण पदक जित्दै टोलीलाई गौरवान्वित बनाए । साथै, सोहेल अख्तर, सुमित कुशवाहा, शुसान्त कुमार पटेल, र राजन बाबु कुमार गुप्ताले रजत पदक जिते । यस्तै प्रदीप घिमिरे, रिसी साह, प्रिन्स गुप्ता, दिलिप कुमार दास, प्रथम वर्णवाल, शिवम कुमार, मुन्नीलाल राउत, गौतम प्रजापती, सब्रिना खातुन, रिजवान अली, र महमद अब्दुलले कांस्य पदक जितेका छन् ।

    Ad
    Ad

    नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगञ्जले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको वीरगञ्ज ताइक्वान्दो डोजाङ्गका प्रशिक्षक महमद वेशले जानकारी दिए । उनले प्रतियोगितामा वीरगञ्ज टोलीले गरेको प्रदर्शनबाट खुशी व्यक्त गर्दै आगामी दिनमा अझै मेहनत गर्नुपर्नेमा जोड दिए । साथै ठूलो प्रतियोगितामा ठूलो संख्यामा भएको प्रतिस्पर्धामा गरेको प्रदर्शन र प्राप्त उपलब्धीले अझै हौसला थपेको पनि उनले बताए । 

    Ad
     
     
     

    डोजाङ्गका प्रमुख महमद शकिलले प्रतियोगितामा सहभागी टोलीको सफलतालाई उत्साहजनक मानेका छन् । उनले प्रतियोगितामा जानका लागि नबिल बैंक वीरगञ्जले ट्रयाक शुट प्रयोजन गरेकामा नबिल बैंक आदर्शनगर शाखाका प्रबन्धक विशेष दैवज्ञप्रति आभार प्रकट गरे । उनकाअनुसार हाल वीरगञ्ज ताइक्वान्दो डोजाङ्गमा बिहान र बेलुकी गरी ८० जना विद्यार्थीहरू नियमित रूपमा ताइक्वान्दोको प्रशिक्षण लिइरहेका छन् । 

    प्रशिक्षार्थीको प्रदर्शनबाट सन्तुष्टी व्यक्त गर्दै अर्का प्रशिक्षक महमद मन्सुर मियाँले पनि अझै लगनशीलताका साथ तेक्वान्दो खेल्न प्रोत्साहन मिलेको प्रतिक्रिया दिए । 

    प्रतियोगितामा न्यू सिमरा डोजाङ् प्रथम हुँदा काठमाण्डौ जैसी देवल ताइकान्दो डोजाङ द्वितिय भएको छ । 

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.