२२ भदौ २०८२, आइतबार / 07 September 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपा पर्साले भोलिदेखि संगठन निर्माण अभियान सुरु गर्दै ।

    • मेराज हास्मी मेराज हास्मी
    • today१३ माघ २०८१

    वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी पर्साले संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ । भोलि  सोमबारदेखि सुरु हुने संगठन निर्माण रास्वपा जिल्ला कमिटी पर्साको बैठकले माघ १४ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    Ad
    Ad

    बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न पर्साको १४ वटै पालिकामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको क्षेत्रिय संयोजक जितेन्द्र मिश्रले जानकारी दिए ।

    Ad
    Ad

    भोलि सोमबारदेखि सुरु हुने संगठन निर्माण एवं विस्तारमा पार्टीको सदस्यता वितरण साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न पालिका समितिहरुलाई सहजीकरण गर्ने जस्ता कार्यक्रम गरिने क्षेत्रिय संयोजक मिश्रले बताए ।’

    Ad

    जनताको अवस्था परिवर्तन गरि सुशासन कायम गर्न र भ्रष्टाचार मुक्त गरेर विभेदमुक्त समाज निर्माण्को निम्ति रास्वपाको संगठन तथा सदस्यता वितरण अभियानमा सहभागि भई आफ्नै गाउँ घर टोलबाट सदस्यता लिन र पार्टीमा आबद्ध हुन रास्वपा पर्साले आग्रह गरेको छ । 

    २०८४ सालको निर्वाचनलाई लक्ष्य गरी पार्टीको आन्तरिक संरचना बनाउने काम भइरहेको रास्वपाका नेताहरू बताउँछन् । विधानअनुसार नै प्रदेशदेखि वडासम्म संगठन चुस्तदुरुस्त बनाउँदै लैजाने रणनीति पार्टीले लिएको उनीहरूको भनाइ छ । 

    संगठन निर्माणको शैली र प्रक्रिया अरू दलको भन्दा केही फरक रहेको मिश्रको भनाइ छ । ‘धेरै पद बनाउनेभन्दा पनि छरितो समिति बनाउन जोड दिएका छौं, काम गर्न आवश्यक पद मात्रै सिर्जना गरिएको छ, दोहोरो जिम्मेवारी दिएका छैनौं, टीका लगाउनेभन्दा पनि प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व छनोटमा जोड दिन्छौं,’ उनले भने ।

    पार्टीको आन्तरिक संरचना निर्माण गर्ने, शुभेच्छुकलाई जिम्मेवारी दिने र संसद्मा नागरिकको मुद्दा उठाउने काममा ध्यान दिइएको उनको भनाइ छ । 

    साथै पर्सामा सञ्चालन हुने संगठन निर्माणका लागि उपसमिति समेत गठन गरिएको छ । रस्वापा केन्द्रिय सदस्य डा नन्दन यादवको संयोजक गठन गरिएको उपसमितिमा हरि पन्त , तुलसी अधिकारी , सुदिश कुमार , कृष्णा पासवान , सुरेश यादव , जितेन्द्र मिश्र लगायतका सदस्यहरू रहेका छन् ।

    ताजा सूचना

    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    • गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
    • पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
    • वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.