१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो

    • अमन गुप्ता अमन गुप्ता
    • today१३ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु. २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

    Ad
    Ad
    Ad

     

    आव २०८०र८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु. १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकी मुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताउनुभयो ।‘‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’’ उहाँले भन्नुभयो,‘‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’

    Ad
    Ad
    Ad

     

    ’ गत आवको छ महिनामा यो नाका हुँदै रु. १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत रु. १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिमा निर्यात गरेवापत भने रु. १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु. दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने रु. दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.