५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज वडा नम्बर १० मा तेस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

    • दिपक सिंह दिपक सिंह
    • today१२ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि तेस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्रावास खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरे।

     

    Ad
    Ad

    प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले वडा अध्यक्ष सुशील साह कानु र वडा समितिको खेलकुद क्षेत्रमा योगदान अत्यन्त प्रशंसनीय रहेको बताए। उनले यो टुर्नामेन्ट निरन्तर आयोजना हुने विश्वास व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि उद्योगपति तथा समाजसेवी अशोक वैद्यले क्रिकेटप्रति युवाहरूको आकर्षण बढिरहेको बताए। उनले वडा अध्यक्ष कानुको नेतृत्वमा तेस्रो वर्षसम्म प्रतियोगिता सफलतापूर्वक आयोजना गर्नु सराहनीय भएको उल्लेख गर्दै खेलकुद क्षेत्रमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिए।

     

    Ad
    Ad

    वडाध्यक्ष सुशील साह कानुले खेलकुदमार्फत युवाहरूलाई सक्रिय बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताए। जाडो मौसममा पनि कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै उनले यसखाले प्रतियोगिताले खेलकुदको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। प्रतियोगिताको उद्घाटन समारोहमा आयोजना गरिएको मार्चपास प्रतियोगितामा लिटल एन्जल्स मावि प्रथम, होली ल्यान्ड मावि द्वितीय, र माउन्ट मकालु मावि तृतीय भएका छन्। विजयी विद्यालयहरूलाई वडा अध्यक्ष सुशील साह कानुले ट्रफी र प्रमाणपत्र प्रदान गरे। उद्घाटन समारोहमा वडा सदस्यहरू सन्तोष जैशी, प्रभु महतो, प्रेमशीला देवी, घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानु, पत्रकार महासंघ मधेस प्रदेशका पार्षद शिव शंकर साह कानु, घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु, र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गौरीशंकर साह कानुसहितका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

     

    Ad

    शनिबारदेखि सुरु भएको प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्। प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ। कार्यक्रमको सञ्चालन शहरीकरण पत्रकार क्रान्ति साहले गरेका थिए। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्दै युवाहरूलाई खेलकुदमा सहभागी गराउन थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.