२९ असार २०८३, सोमबार / 13 July 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गौतम स्कुल बाल फुटबल प्रतियोगिता : उद्घाटन खेलमा मिनील्याण्ड, ओम नेशनल र जीवन ज्योति विजयी

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today११ माघ २०८१

    वीरगञ्ज । आफ्नो ४८ औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित गौतम स्कुलले आयोजना गरेको अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सासँगै जोडिएको विपद् व्यवस्थापन गुल्मको मैदानमा उद्घाटन खेल सम्पन्न भएको थियो ।

    Ad
    Ad
    Ad

     

    प्रतियोगिताको पहिलो दिन मिनील्याण्ड मावि, ओम नेशनल र जीवन ज्योति माविले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा न्यु वेभ मावि र मिनील्याण्ड माविबिच प्रतिस्पर्धा भएको थियो । १–१ को बराबरीपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जसमा मिनील्याण्डले १–० को जित दर्ता गर्‍यो । खेलमा न्यु वेभका रविराज ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

    Ad
    Ad
    Ad

     

    दोस्रो खेलमा ओम नेशनल माविले माउन्ट मकालु माविलाई १–० ले पराजित गर्दै जित निकालेको छ । खेलमा माउन्ट मकालुका प्रिन्स रौनियार ‘प्लेयर अफ द म्याच’ बने । तेस्रो खेलमा जीवन ज्योति माविले ज्ञान ज्योति माविलाई २–१ गोलले हरायो । जीवन ज्योतिका नबल यादवलाई ‘प्लेयर अफ द म्याच’ घोषणा गरियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुङ्गेलले पेनाल्टी सुटमार्फत गर्दा सो क्रममा विशिष्ट अतिथि नेशनल इन्फोटेक कलेजका निर्देशक तथा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले गोलकिपरको भूमिका निर्वाह गर्दै कार्यक्रमको रङ्ग थपेका थिए । स्कुलका निर्देशक सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सह-प्रधानाध्यापक परीक्षा पिया लामाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

     

    विद्यालयका शिक्षक सौराज प्रधानले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रतियोगितामा वीरगञ्जका १५ विद्यालयका जुनियर टोली सहभागी भएका छन् । प्रतियोगितामा आयोजक गौतम स्कुलसँगै मिनील्यान्ड सेकेन्डरी स्कुल, न्यु वेभ एकेडेमी, माउन्ट मकालु स्कुल, ओम नेशनल एकेडेमी, लिटिल फ्ल्वार स्कुल, ज्ञानदा एकेडेमी, मनोकामना सेकेन्ड्री स्कुल, सन साइन सेकेन्ड्री स्कुल, मालिनी सेकेन्ड्री स्कुल, सन लाइट स्कुल, ज्ञान ज्योति स्कुल, जीवन ज्योति स्कुल, लिटिल एन्जल स्कुल र एसआर ग्यालेक्सी स्कुलले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

     

    सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ भने मनोकामना माविले बाई पाएको छ । शुक्रवार लिटिल फ्लावर मावि र ज्ञानदा एकेडेमी, गौतम मावि र सनसाइन, मालिनी र सनलाइट तथा लिटिल एन्जल र एस.आर. ग्यालेक्सी माविबिच खेल हुनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, तथा रेफरीलाई सम्मान गरिने स्कुलका एकेडेमिक हेड रमेश शर्माले जानकारी दिए ।

     

    साथै, विभिन्न विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । गौतम स्कुलको यस प्रयासले विद्यालय स्तरमा खेलकुदको महत्वलाई अझ बलियो बनाउँदै नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गरेको छ ।

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.