५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेशनल इन्फोटेकले ब्याटिङतर्फ आफ्नो कमजोरी प्रस्ट रूपमा देखायो ।

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today११ माघ २०८१

    वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ, पर्सा शाखा र बार एसोसिएसनबिच पत्रकारिता र कानुनी सेवाको समन्वयमा सहयोग पुर्‍याउने उद्देश्यले तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

     

    Ad
    Ad

    समझदारी पत्रअनुसार बार एसोसिएसनले आफ्ना सदस्य कानुनी व्यवसायीमार्फत आर्थिक भार नपर्ने गरी पत्रकारहरूका लागि “प्रो बोनो सेवा” उपलब्ध गराउनेछ । साथै, दुवै पक्षले पत्रकार र कानुन व्यवसायीहरूको पेसागत हित प्रवर्द्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीको अवधि तीन वर्षको हुने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप गर्न सकिने उल्लेख गरिएको छ ।

     

    Ad
    Ad

    सम्झौतामा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र बार एसोसिएसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाकक्षमा बिहीबार सम्पन्न भएको हो । सम्झौतापछि अध्यक्ष ओमप्रकाश खनालले लोकतन्त्रको रक्षा र प्रवर्द्धनका लागि पत्रकारिता र वकालत दुवै महत्त्वपूर्ण स्तम्भ भएको बताए । “विगतमा पनि हामीले लोकतन्त्र प्राप्ति र यसको संरक्षणका लागि सहकार्य गरेका थियौँ । समझदारीले दुवै क्षेत्रलाई थप सुदृढ बनाउँदै नागरिकका हकहितमा योगदान पुर्‍याउने विश्वास लिएका छौँ,” उनले भने । त्यसै गरी, अधिवक्ता कमल मोहन पोखरेलले पत्रकारिताले समाजमा उज्यालो ल्याउने र वकालतले अन्यायको सामना गर्ने भूमिका खेल्ने बताए ।

     

    Ad

    “समझदारीले पत्रकारहरूलाई कानुनी सहायता उपलब्ध गराउनुका साथै लोकतन्त्र, जनता, कुरीति र भ्रष्टाचारको विरुद्धमा निरन्तर लागिरहन प्रेरित गर्नेछ,” उनले भने । समझदारीले पत्रकार र कानुनी व्यवसायीहरूबिच समन्वयलाई सुदृढ गर्दै दुवै क्षेत्रको हित र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । साथै, पेसागत कर्तव्य पूरा गर्ने क्रममा पत्रकारहरूले भोग्नुपरेका कानुनी चुनौतीहरूको समाधानका लागि बार एसोसिएसनले साथ दिने प्रतिबद्धता जनाएको छ । सहकार्यले पर्सा जिल्लामा पत्रकार र कानुनी क्षेत्रका पेसाकर्मीहरूको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.