५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एनआइ कप : ज्ञानदाको बलिङ र ब्याटिङ तालमेलले दिलायो नेशनल इन्फोटेकविरुद्ध ७ विकेटको जीत

    • अमन गुप्ता अमन गुप्ता
    • today११ माघ २०८१

    वीरगञ्ज । नेशनल इन्फोटेक कलेजद्वारा वीरगञ्जमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक (एनआइ) कप – २०८१ ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लिग चरणअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा ज्ञानदा एकेडेमीले आयोजक नेशनल इन्फोटेकलाई ७ विकेटले पराजित गरेको छ ।

     

    Ad
    Ad

    वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा आयोजित खेलमा ज्ञानदा एकेडेमीले उत्कृष्ट प्रदर्शनमार्फत नेशनल इन्फोटेकलाई हराउँदै दोस्रो जित निकालेर आफ्नो वर्चस्व स्थापित गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेशनल इन्फोटेकको सुरुवात कमजोर रह्यो ।

     

    Ad
    Ad

    ओपनर राहुल महतो १२ बलमा ७ रन बनाउँदै पेभिलियन फर्किए । त्यसपछि पनि टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै स्कोर बोर्डलाई अघि बढाउन सकेन । नेशनल इन्फोटेकका लागि मोहम्मद सरिफले सर्वाधिक १५ रनको योगदान दिए । अर्कोतर्फ, सन्देश गुप्ताले १४ रन बनाउँदै केही हदसम्म बलियो प्रदर्शन गर्ने प्रयास गरे पनि अन्य कुनै पनि ब्याटरहरू टिकेर लामो इनिङ्स खेल्न सकेनन् । ब्याटरहरूको खबर प्रदर्शनका कारण १९.२ ओभरमै नेशनल इन्फोटेकको इनिङ्स ८२ रनमा समेटियो । ज्ञानदा एकेडेमीका बलरहरूले असाधारण प्रदर्शन गरे ।

     

    Ad

    कान्हैया कुमारको बलिङ घातक रह्यो । उनले ४ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे । चन्दन राम र रोबिन कुम्हालले समान २-२ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअपलाई तहसनहस बनाए । बलिङमा भएको उत्कृष्ट प्रदर्शन नै ज्ञानदा एकेडेमीको जितको आधार बन्यो । ८३ रनको साधारण लक्ष्य पछ्याउन मैदानमा उत्रिएको ज्ञानदा एकेडेमीको सुरुवात केही कमजोर रह्यो । पहिलो दुई विकेट चाँडै गुमाएपछि टोली दबाबमा आएको थियो । जय सर्राफ र विवेक पराजुलीले क्रमशः ८ र ६ रन मात्र जोड्न सके । यद्यपि, त्यसपछि कार्तिक पटेल र मुन्ना यादवले स्थितिलाई सम्हाले । कार्तिक पटेलले २४ बलमा २२ रन बनाउँदै टोलीलाई स्थायित्व दिए । मुन्ना यादवले भने उत्कृष्ट ३१ रनको अविजित पारी खेले । उनको पारीमा ६ उत्कृष्ट चौका समावेश थिए ।

     

    चन्दन रामले ११ बलमा १३ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए । नेशनल इन्फोटेकका बलरहरूले केही प्रतिरोध गर्ने प्रयास गरे । मोहम्मद सरिफ र मेराज अलीले समान १-१ विकेट लिए । तर, टोलीको कमजोर स्कोरको कारण बलरहरूको प्रयास व्यर्थ सावित भयो । खेलमा ज्ञानदा एकेडेमीको सन्तुलित प्रदर्शनले जित सुनिश्चित गर्‍यो । उनीहरूको बलिङ लाइनअपले विपक्षी टोलीलाई कम स्कोरमा रोक्न उत्कृष्ट काम गर्‍यो । कान्हैया कुमारको घातक बलिङ, मुन्ना यादवको जिम्मेवार पारी र चन्दन रामको सम्पूर्ण प्रदर्शन टोलीको बलियो पक्ष रह्यो । मुन्नालाई प्लेयर अफ दी म्याचबाट सम्मानित पनि गरियो । अर्कोतर्फ, नेशनल इन्फोटेकले ब्याटिङतर्फ आफ्नो कमजोरी प्रस्ट रूपमा देखायो ।

     

    कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली दबाबमा आयो । कमजोर रणनीति र विकेट जोगाउन नसक्नु उनीहरूको हारको मुख्य कारण बन्यो । ज्ञानदा एकेडेमीको जितले उनीहरूको क्षमता र टोलीको तालमेललाई स्पष्ट रूपमा उजागर गरेको छ । बलिङ र ब्याटिङको उत्कृष्ट समन्वय नै उनीहरूको जितको आधार रह्यो । हारसँगै नेशनल इन्फोटेकले आफ्नो रणनीति र खेलाडीहरूको प्रदर्शन सुधार्नुपर्ने आवश्यकता महसुस गरेको छ । प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो लिग चरणको खेलमा अल्पाइन हाई स्कुलले वीरगञ्ज कलेजलाई ९ विकेटले पराजित गरेको थियो ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.