१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा कक्षा ११ र १२ का छात्रछात्रालाई विद्यालय पोसाक वितरण

    • बिशाल यादब बिशाल यादब
    • today१० माघ २०८१

    पर्सा | पर्साको छिपहरमाई गाउँपालिकाले आज एक विशेष कार्यक्रमका बीच कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरूलाई विद्यालय पोसाक वितरण गरेको छ। श्री मंगल माध्यमिक विद्यालय, भिस्वा र श्री नवगावा माध्यमिक विद्यालय, चारगाहामा अध्ययनरत २ सय छात्रछात्राहरूलाई कोट, पाइन्ट, र सर्ट वितरण गरिएको हो।

    Ad
    Ad
    Ad

     

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पोसाक वितरण गर्दै छात्रछात्राहरूलाई सम्मान व्यक्त गरे। अध्यक्ष गुप्ताले भने, “अब तपाईहरूको विद्यार्थी जीवनको महत्वपूर्ण समय सुरु भएको छ। उच्च शिक्षा हासिल गर्ने वा जीवनका विभिन्न चुनौतीहरूको सामना गर्ने यो अवसरलाई सदुपयोग गर्नुपर्छ। यसैले, स्थानीय तहबाट सम्मानस्वरूप पोसाक वितरण गरिएको हो।

    Ad
    Ad
    Ad

     

    ” साथै, उनले आगामी दिनमा विद्यालय र विद्यार्थीहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। गुप्ताले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको चर्चा गर्दै नेपाल सरकारले शिक्षा ऐन नबनाएको कारण स्थानीय तहमा शिक्षक व्यवस्थापनमा समस्या भएको बताए। उनले राजनीतिक प्रभाव र मुद्दा मामिलाका कारण शिक्षामा अवरोध सिर्जना भइरहेकोमा चिन्ता व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

     

    कार्यक्रमका विशेष सहभागीहरू श्री मंगल मावि भिस्वामा आयोजित कार्यक्रममा वडा अध्यक्ष मौजिलाल साहको अध्यक्षतामा पोसाक वितरण भएको थियो भने श्री नवगावा मावि चारगाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पहलाद गुप्ताको अध्यक्षतामा वितरण गरिएको थियो। कार्यक्रममा वडाअध्यक्ष महेन्द्र साह कालवार, शिक्षा प्रमुख सत्रुधन यादव, कार्यपालिका सदस्य बलिस्टर साह, प्रअ दिनेश पटेल, प्रअ गगनदेव यादव, शिक्षक मनोज पटेलसहित शिक्षक, अभिभावक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

     

    विद्यालयका शिक्षक मनोज पटेलका अनुसार आज १२ कक्षामा अध्ययनरत छात्रछात्रालाई पोसाक वितरण गरिएको छ भने कक्षा ११ र १२ मा अध्ययनरत २ सय विद्यार्थीहरूलाई वितरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रमले विद्यालय शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले गाउँपालिकाको यो पहलको सराहना गरेका छन्।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.