१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख डिआइजी ठाडामगर सर्वोत्कृष्ट बाहिनीपतिका रूपमा सम्मानित

    • बिशाल यादब बिशाल यादब
    • today१० माघ २०८१

    वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले वर्षको सर्वोत्कृष्ट बाहिनीको उपाधि हात पारेको छ । सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा गढीमाई बाहिनी मुख्यालयका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) गणेश ठाडामगरलाई सम्मान गरिएको हो ।

    Ad
    Ad
    Ad

     

    गृहमन्त्री रमेश लेखकको हातबाट प्रदान गरिएको सम्मान गढीमाई बाहिनी मुख्यालयको उल्लेखनीय योगदानको कदर स्वरूप प्रदान गरिएको हो । सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापन, तथा सेवा प्रदायकका रूपमा उत्कृष्ट कार्यसम्पादन गर्दै बाहिनीले उच्च सफलता हासिल गरेको बताइएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गरेको केन्द्रीय निरीक्षण र योग्यता मूल्याङ्कनका आधारमा गढीमाई बाहिनी उत्कृष्ट ठहरिएको हो ।

    Ad
    Ad
    Ad

    आठ वटा बाहिनीमध्ये सर्वोत्कृष्ट ठहरिने गढीमाई बाहिनीले आफ्नो कार्यक्षमतामा बारम्बार निखार ल्याउँदै आएको छ । डिआइजी ठाडामगरको नेतृत्वले सफलता हासिल गर्न मुख्य भूमिका खेलेको बताइएको छ । डिआइजी ठाडामगर यसअघि मधेस प्रदेशका छिन्नमस्त बाहिनीको नेतृत्व गर्दा पनि प्रदेश २ उत्कृष्ट घोषित भएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    उनको नेतृत्व क्षमता र कार्य दक्षताको कदर स्वरूप हालै एक वर्षको सेवा अवधि थप गरिएको छ । यस वर्ष विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर २१ गण हेडक्वार्टर दक्षिणकाली, ललितपुर, र नम्बर ३० गुल्म हेडक्वार्टर स्याङ्जालगायत इकाईहरू पनि उत्कृष्ट घोषित भएका छन् । विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधवप्रसाद पौडेल, नम्बर २१ गणका गणपति एसपी सुरेन्द्रराज रञ्जित, र नम्बर ३० गुल्म हेडक्वार्टरका डिएसपी लीला भुजेलले पनि आफ्नो इकाईको उत्कृष्टताका लागि योगदान दिएका छन् ।

    गढीमाई बाहिनीले भविष्यमा आफ्नो कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन विविध योजनाहरू अघि बढाउने बताएको छ । विपद् व्यवस्थापन, सीमा सुरक्षा, र नागरिक सेवा प्रवाहमा थप सुधार गर्दै देशको समृद्धि र सुरक्षाका लागि योगदान पुर्‍याउन गढीमाई बाहिनी तत्पर रहेको छ ।

    सशस्त्र प्रहरी बलको उपलब्धिले सम्पूर्ण सङ्गठनलाई ऊर्जा प्रदान गरेको छ । सुरक्षाका सबै आयाममा उत्कृष्टता हासिल गर्दै सङ्गठनले राष्ट्रप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाएको छ । गृहमन्त्री लेखकले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सफलताको लागि गढीमाई बाहिनीलाई बधाई दिँदै देशको सुरक्षामा यस्ता उत्कृष्ट इकाईहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

    ताजा सूचना

    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    • प्रधानमन्त्री कार्यालयले सचिवालय संरचना छोट्यायो, २० मध्ये १६ सदस्य हटाइने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.