१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतको जलगाउँ रेल दुर्घटनाका १३ मृतकमध्ये चार नेपाली नागरिक

    • बिशाल यादब बिशाल यादब
    • today१० माघ २०८१

    वीरगञ्ज । भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । भारतीय अधिकारीहरूका अनुसार मृतकहरूमध्ये चार जना नेपाली नागरिक रहेका छन् ।

    Ad
    Ad
    Ad

     

    रेल दुर्घटना लक्नउ-मुम्बई पुष्पक एक्सप्रेस रेलमा आगलागीको अफवाह फैलिएपछि यात्रुहरूमा हतारो मच्चिँदा भएको हो । धेरै जना रेलबाट ओर्लेर अर्को आउँदै गरेको ट्रेनको ठक्करबाट मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad

    महाराष्ट्र सरकारका अनुसार घटना स्थानीय समय अनुसार साँझ पाँच बजेको करिबमा महेजी र पर्डाडे स्टेशनको बिचमा भएको हो । प्रारम्भिक रिपोर्टअनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृतकमध्ये चार महिला रहेका छन् । कसरी भयो दुर्घटना? लक्नउ-मुम्बई पुष्पक एक्सप्रेस अचानक रोकिएपछि केही यात्रु रेलबाट ओर्लिएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    त्यही समयमा अर्को रेल, कर्नाटक एक्सप्रेस, छेउको ट्र्याकबाट गइरहेको थियो । पुष्पक एक्सप्रेसमा ‘हट एक्सल’ वा ‘ब्रेक बाइन्डिङ’ (ब्रेक जाम हुने) कारण चिंगारी देखिएपछि यात्रुहरू आत्तिएका थिए । चेन तानेर रेल रोकिएपछि केही यात्रु रेलबाट ओर्लिए । तर छेउकै ट्र्याकमा कर्नाटक एक्सप्रेस आइरहेको थियो । घटनास्थलमा खिचिएका तस्बिरहरूले ट्र्याकमा शवहरू छरिएको र घाइतेहरूले रगतले लतपतिएको अवस्थामा सहयोग मागिरहेको देखाउँछन् ।

    १३ मृतकमध्ये सात जनाको पहिचान भएको छ भने छ जनाको विवरण अझै पत्ता लागेको छैन । घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको छ । रेल मन्त्रालयले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ, गम्भीर घाइतेलाई पचास हजार रुपैयाँ, र सामान्य घाइतेलाई पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक प्रकट गर्दै मृतकका परिवारलाई समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटर (हाल एक्स) मा उनले लेखेका छन्, “महाराष्ट्रको जलगाउँमा भएको दुखद दुर्घटनाबाट अत्यन्त दुःखी छु । मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरूको चाँडो स्वास्थ्य लाभको कामना गर्दछु ।” महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्य सरकारले बेहोर्ने जनाएका छन् ।

    ताजा सूचना

    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    • प्रधानमन्त्री कार्यालयले सचिवालय संरचना छोट्यायो, २० मध्ये १६ सदस्य हटाइने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.