२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रवि लामिछाने रुपन्देही अदालतमा, थुनछेक बहस सुरु

    • बिशाल यादब बिशाल यादब
    • today१० माघ २०८१

    बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अदालतमा उपस्थित भएका छन् । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित भएका हुन् ।

    Ad
    Ad
    Ad

     

    बुधवार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थिए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधवार रविको बयान सकिसकेको छ, आजबाट कानुन व्यवसायीहरूले थुनछेक बहसमा सहभागी हुनेछन् ।

    Ad
    Ad
    Ad

     

    उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो । उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् ।

    Ad
    Ad
    Ad
    Ad

     

    बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.