१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एनआइ कप : वीरगञ्ज पब्लिक कलेजको फराकिलो जित, समूहको शीर्षस्थानमा उक्लियो

    • राजु कुशवाहा राजु कुशवाहा
    • today९ माघ २०८१

    वीरगञ्ज । नेशनल इन्फोटेक कलेजद्वारा वीरगञ्जमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक (एनआइ) कप – २०८१ ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लिग चरणअन्तर्गत बुधवार भएको दोस्रो खेलमा वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले वीरगञ्ज कलेज (बीसीपीएल) लाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगितामा बीपीसीको यो लगातार दोस्रो जित हो ।

    Ad
    Ad
    Ad

     

    टस जितेर पहिलो इनिङमा ब्याटिङ रोज्दै मैदानमा उत्रिएको बीपीसीका ओपनर आयुष प्रसादले विस्फोटक प्रदर्शन गर्दै २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५४ रन बनाए । उनको आक्रामक पारिएको ब्याटिङले टोलीलाई उत्कृष्ट सुरुआत दिलायो । आयुषसँगै आएका इरफान अन्सारीले १७ बलमा २९ रन बनाएर दोस्रो महत्त्वपूर्ण योगदान दिए ।

    Ad
    Ad
    Ad

    मध्यमक्रमका ब्याटरहरूमा मोहम्मद आयान आलमले २१ बलमा २२ रन र जदुबंशी बैठाले १६ बलमा ३१ रन बनाए । अफजल अन्सारीले पनि १४ बलमा २५ रन बनाउँदै अन्तिम ओभरहरूमा टोलीको स्कोरलाई उचाइमा पुर्‍याए । वीरगञ्ज पब्लिक कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१८ रनको विशाल लक्ष्य प्रस्तुत गर्‍यो । बीसीपीएलका बलरहरूमध्ये खगेन्द्र दासले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए भने दीपक कुमार पटेल, सन्देश बैठा, र आबिद मन्सुरले १-१ विकेट लिए ।

    Ad
    Ad
    Ad
    Ad

    तर बलिङतर्फ अनुशासनको कमी देखिएको थियो, किनभने टोलीले १९ वाइड बलसहित कुल २० अतिरिक्त रन दिएको थियो । २१९ रनको लक्ष्य पछ्याउन उत्रिएको बीसीपीएल सुरुदेखि नै दबाबमा खेलेको देखियो । ओपनर ऋषि साहानी ८ रनमा आउट भए भने खगेन्द्र दासले पनि २१ बलमा ९ रन मात्र बनाउन सके ।

    तेस्रो स्थानमा आएका सन्देश बैठाले ४५ बलमा ४० रन बनाएर केही समय मैदानमा जम्ने प्रयास गरे, तर उनलाई आवश्यक समर्थन अन्य ब्याटरबाट प्राप्त भएन । मध्यक्रम र तल्लोक्रमका ब्याटरले निराशाजनक प्रदर्शन गरे । टोलीका लागि कुल स्कोर २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र हुन सक्यो । बीपीसीको बलिङतर्फ जदुबंशी बैठाले आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै ४ ओभरमा मात्र १३ रन खर्चेर ४ विकेट लिए ।

    उनले बलिङका क्रममा विपक्षीको महत्त्वपूर्ण विकेटहरू लिएर खेलको गति बीपीसीतर्फ मोडे । रोहित सर्राफले २ विकेट लिँदै बलिङमा राम्रो साथ दिए । अन्य बलरहरूले पनि अनुशासित बलिङ गर्दै विपक्षीलाई दबाबमा राखे ।

    खेलको समग्रमा वीरगञ्ज पब्लिक कलेजको बलियो प्रदर्शन स्पष्ट रूपमा देखियो । आयुष प्रसाद र जदुबंशी बैठाको उत्कृष्ट प्रदर्शनले टोलीलाई फराकिलो जित दिलायो । खेलको प्लेयर अफ द म्याच जदुबंशी बैठा घोषित भए ।

    वीरगञ्ज पब्लिक कलेजको आजको जितले टोलीको आत्मविश्वासलाई थप बलियो बनाएको छ । लगातार दोस्रो जित प्राप्त गर्दै चार अङ्कसहित समूह “बी” को अङ्क तालिकामा बीपीसी शीर्ष स्थानमा रहेको छ । अर्कोतर्फ, बीसीपीएल लगातार हार बेहोर्दै शून्य अङ्कसहित तालिकामा सबै भन्दा तल रहेको छ । यसअघि प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेशनल इन्फोटेकले डेसिमल कलेजलाई ४९ रनले पराजित गरेको थियो ।

    ताजा सूचना

    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    • प्रधानमन्त्री कार्यालयले सचिवालय संरचना छोट्यायो, २० मध्ये १६ सदस्य हटाइने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.