१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देउवाले राप्रपालाई प्रधानमन्त्रीको ‘अफर’ गर्दा जवाफमा राप्रपाले भन्यो- हामी लोभी पापी होइनौं

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौं , २२  पुष । वर्तमान गठबन्धनको सरकार ढाल्न कांग्रेस सभापनि शेर बहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेका छन्।

    Ad
    Ad
    Ad

    पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार बनाउने भन्दै कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै प्रस्ताव गरेका थिए।

    Ad
    Ad
    Ad

    ‘कांग्रेससँग टेलिफोनमा कुरा भएको थियो, हामीलाई प्रधानमन्त्रीको प्रस्ताव आएको हो। हामीले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरिसकेकाले हामी पदको लागि लोभी पापी होइनौं भनेर जवाफ फर्काएका छौं ‘ राप्रपा  उपाध्यक्ष ध्रुवबहादुर प्रधानले डिसी नेपालसँग भने।

    Ad
    Ad
    Ad
    Ad

    उनले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने र यसैलाई विश्वासको मत दिने बताए।

    प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै ‘अफर’ गरेका हुन्।

    सरकारले न्युनतम साझा कार्यक्रममा नै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने सहमति भएपछि राप्रपा वर्तमान सरकारमा सहभागी हुने निश्चित भएको हो।

    उपप्रधानमन्त्रीसहित अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा सहाभागी हुने राप्रपाले लिने मन्त्रालयका विषयमा भने टुंगो लागेको छैन।

    राप्रपाले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सरकार विस्तार गर्दा उचित हुने जनाएको छ। तर प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता लिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी मंगलबार विश्वासको मत लिँदैछन्।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.