४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देउवा र यादवबीच अर्थपूर्ण भेट

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

     २२  पुष । मधेश प्रदेशमा सरकार गठन सम्बन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार विहान देउवा निवास धुम्बराहीमा भेट वार्ता भएको छ ।

    Ad
    Ad
    Ad

    संघीय सरकारको प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका यादवले मधेश प्रदेशमा काँग्रेससित मिलेर सरकार बनाउन सक्ने संकेत गरेका छन् । मधेश प्रदेशमा जसपाले सरकारको नेतृत्व चाहेको छ । सरकारको नेतृत्व गर्न जसपालाई कांग्रेस र एमाले मध्ये एउटाको समर्थन अनिवार्य छ । संघीय सरकारमा सहभागी नभएको जसपाले मधेश प्रदेशमा सरकार बनाउन माओवादीले प्रतिबद्धता नजनाए प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने घुमाउरो निर्णय राजनीतिक समितिबाट गरेको छ । गत असोजको अन्तिम हप्ता नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेपछि पहिलो पटक सभापति देउवासित यादवले भेटेका हुन् । चुनावमा एमालेसित तालमेल गरेका यादवले चुनावको परिणाम घोषणा भएसँगै तालमेल समाप्त भइसकेको धारणा सार्वजनिक गरेका थिए । देउवासितको यादवको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । मधेश प्रदेशको दोस्रो ठूलो दल कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् । जसपासँग १६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ९ प्रदेशसभा सदस्य छन् । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.