२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँ वर्षको आगमनसँगै बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१६ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौं, १७  पुष l नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताउनुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।”

    Ad
    Ad

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताउनुभयो ।

    Ad
    Ad

    “हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ”, उहाँको सन्देशमा भनिएको छ । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गर्नुभएको हो ।

    Ad

    “व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु”, उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ । समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उहाँको रहेको छ ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.