२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दुई वर्षपछि ओली प्रचण्ड निवासमा, माधवसँग संयुक्त छलफल गरेर सरकारमा सहभागी गराइने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं, १३ पुस l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

    Ad
    Ad
    Ad

    प्रचण्डसँग सरकारमा भएका मन्त्रालय बाँडफाँट मिलाउनका लागि ओली त्यहाँ पुगेका हुन् । 

    Ad
    Ad
    Ad
    Ad

    एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ ।

    मन्त्रिपरिषद् विस्तार अरु भागबण्डाका विषयमा छलफल गर्न गठबन्धनका दुई शीर्ष नेताहरुबीच अहिले खुमलटारमा वार्ता भइरहेको छ । 

    नेकपा विभाजनपछि ओली पहिलोपटक प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ४ मा ओली खुमलटार गएका थिए ।

    एमाले अध्यक्ष ओलीकै प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी गर्न खुमलटार बोलाएका हुन् ।

    प्रधानमन्त्रीका लागि कुराकानी गर्न माओवादी अध्यक्ष प्रचण्ड पुस १० गते आइतबार बालकोट पुगेका थिए । 

    यसैबीच प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउने कसरत गरेका छन् । उनीहरूलाई सरकारमा ल्याउन प्रचण्ड सक्रिय भएका हुन् । 

    बुधबार बिहानै प्रचण्डले माधवकुमार नेपाल र उपेन्द्र यादवसँग वार्ता गरेका छन् । ललितपुरस्थित उपेन्द्र यादवको घरमा तीन नेताबीच वार्ता भएको हो ।

    जसपाले सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी हुने निर्णय गरेको छैन । 

    मंगलबार राति एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सोमप्रसाद पाण्डेको घरमा माधवकुमार नेपालसँग वार्ता गरेका थिए ।

    अहिले एमाले अध्यक्ष ओली र नेपालबीच भेटघाट गराएर कुराकानी गराउने पहल भैरहेको छ ।

     

     

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.