२२ भदौ २०८२, आइतबार / 07 September 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भागबण्डा मिलेपछि मात्र जसपा सरकारमा जाने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    वीरगञ्ज, १२ पुष । जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।

    Ad
    Ad
     

    जसपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।संघीय परिषद् अध्यक्ष अशोक राई र पार्टीका महामन्त्री रामसाय यादवले दलको नेतामा दावी गरेका छन् । दलको नेता कसलाई बनाउने भन्ने बारेमा पार्टी अध्यक्ष उपेन्द्र यादव मौन बसेका छन् । उपेन्द्र यादव भने अशोक राईलाई सरकारमा नपठाउने दाउमा छन् । उनले दलको नेतामा रामसाय यादवलाई चयन गर्ने मनस्थिती बनाएको बुझिन्छ ।

    Ad
     

    संसदीय दलको नेता चयन र संघ तथा प्रदेशमा जसपाले पाउँने मन्त्रालय भागबण्डाको कुरा नमिलेकोले पनि सरकारमा जान नहतारिएको एक नेताले बताए ।

    जसपाले मधेस प्रदेशमा मुख्यमन्त्री दावी गरेको छ । संघीय सरकारमा पाउँने बिषयगत मन्त्रालय र संवैधानीक पदहरुमो नियुक्तिको बिषयमा कुरा नमिले सम्म सरकारमा सहभागीता नजनाउने जसपाले जनाएको छ ।

    पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

    जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । यसअघि राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।

    राप्रपाले सरकारमा सहभागी हुन नसक्ने कारण स्पष्ट पार्न सकेको छैन तर नागरिक उन्मुक्ति पार्टीले कारागारमा रहेका आफ्ना पार्टीका नेता रेशम चौधरीलाई रिहा नगरे सम्म सरकारमा नजाने निर्णय गरेको हो ।

    ताजा सूचना

    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    • गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
    • पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
    • वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.