२२ भदौ २०८२, आइतबार / 07 September 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालयमा रास्वपाको अडान:

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० पुष २०७९

     

    Ad
    Ad

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

     ११ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

    Ad

    “हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।”

    उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमती जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन् ।

    रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ ।

    तर केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    ‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अगल गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?’ उनले प्रश्न गरेका छन्, ‘…हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं ?’

    काठमाडौं । देशकै सम्पत्ति र गहनाका रुपमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व रहेको कला, सम्पदाका बारेमा विद्यार्थीलाई जानकारी गराउँदै आयोजना गरिएको सम्पदा यात्रा सम्पन्न भएको छ ।

    शिक्षा विकास सञ्जाल मध्यपुरथिमिले स्थलगत रुपमा नै विद्यार्थीलाई सम्पदाको जानकारी दिने उद्देश्यले आयोजना गरेको सम्पदा यात्रामा सञ्जालमा आवद्ध विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

    विद्यालयलाई किताबी ज्ञान मात्रै नभइ स्थलगत रुपमा नै पाठ्यक्रममा भएका विषयको अध्ययन गराउनु उपलब्धि हुने भएपछि सञ्जालले मधयपुरथिमि नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा आधारित रहेर सम्पदा यात्राको आयोजना गरेको सञ्जालका अध्यक्ष एवं सुप्रिम एकेडेमीका प्राचार्य वीरेन्द्र जयनाले जानकारी दिनुभयो ।

    शङ्खधर चोकबाट सुरु भएको सम्पदा यात्रा, बालकुमारी, सुगाँ टोल, विष्णु कुण्ड, सिद्धिकाली, भुलाँखेल, दुई पोखरी, चपाचो स्क्वायर, नगदेश, कमल पोखरी, बोडेका विभिन्न सम्पदाको अवलोकन गर्दै कुमारी मन्दिर परिसरमा गएर समापन भएको उहाँले जानकारी दिनुभयो ।

    विद्यार्थीलाई मध्यपुरथिमिका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यहाँका सम्पदा, विगतमा यसको अवस्था, आफू नगर प्रमुख हुँदा भएको सम्पदा संरक्षणको अवस्था, वर्तमान अवस्था र सम्पदा संरक्षणमा अब खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

    पूर्व नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “गुणस्तरीय शिक्षा अभिवृृद्धिका लागि स्थानीय पाठ्यक्रमको पढाइ भइरहेको छ, तर किताबी रुपमा मात्र नभइ प्रत्यक्ष्य रुपमा स्थलगत रुपमा जानकारी दिन भएको सम्पदा यात्राले विद्यार्थीलाई भविष्यमा सम्पदा संरक्षणमा समेत जागरुक गराउने विश्वास लिएका छौँ ।”

    सम्पदा यात्रामा शङ्खधर मेमोरियल इङ्लिस स्कुल, सुप्रिम एकेडेमी, अमिनिटी सेकेण्डरी इङलिस् स्कूल, ग्लोरी सेकेन्डरी इङलिस् स्कुल, इरुडाईड एकेडेमी, प्रज्ञा सकेण्डेरी इङलिस् स्कुल स्कुल, माउण्ट सिनाइ सेकेण्डरी इड्लिस स्कुल र ज्ञानसुधा पाठशालालगायतका विद्यालयका दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको सञ्जालका उपाध्यक्ष एवं ग्लोरी स्कुलका प्रिन्सिपल शङ्करकर्ण कायस्थले जानकारी दिनुभयो ।

    मध्यपुरथिमिभित्रका विद्यालयमा पढ्ने विद्यार्थीलाई मध्यपुरको ऐतिहासिक र पारम्परिक सम्पदाको भ्रमण गराउँदै, त्यसका बारेमा स्थलगल जानकारी गराउने, यहाँका मठ, मन्दिर, पाटीपौवा, परम्पराको कसरी संरक्षण गर्ने र कसरी संरक्षण भइहेको छ भन्नेबारेमा बुझाउन यात्रा सफल भएको उहाँले बताउनुभयो । विद्यार्थीले सम्पदा यात्राबाट पढाइसँंगै खेलकूद र शारीरिक तथा मानसिक विकासका बारेमा पनि जानकारी लिएको उहाँले बताउनुभयो ।  

    ताजा सूचना

    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    • गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
    • पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
    • वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.