२३ असार २०८२, सोमबार / 07 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

      १० पुस  l  राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले  गएको ३ गते  दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले दिएको समयसीमा घर्किनै लाग्दा पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।

    Ad
    Ad

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । यसअघिका छलफलमा नेताहरु टसमस नभएपछि आज बिहान १० बजे पुनः बैठक बोलाइएको छ । हिजो र अस्ति लगातार छलफल भए  पनि शीर्ष नेताहरूबीच सहमति हुन सकेन ।

    Ad

    सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पदमा जिम्मेवारी बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारका  प्रवक्ता  तथा  सञ्चार  तथा  सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

    गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गर्नुभएको हो । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ ।

    कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । कांग्रेसले ८९, एमालेले ७८ सिट जितेका छन् भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १/१ सिट छ । स्वतन्त्रले ५ सिट जितेका छन् । सत्तागठबन्धनका पाँच  दल  कांग्रेस, माओवादी  केन्द्र, नेकपा (एकीकृत  समाजवादी), लोकतान्त्रिक   समाजवादी   पार्टी र  राष्ट्रिय  जनमोर्चा सरकार गठन र शक्ति बाँडफाँटको औपचारिक सहमति जुटाउन निरन्तर गृहकार्यमा छन् । माओवादीलाई मनाउन देउवाले दुई विकल्प अगाडि सार्नुभएको छ ।

    एकीकृत समाजवादीलाई राष्ट्रपति दिने र माओवादीलाई सभामुख दिने उहाँको प्रस्ताव छ । तर कांग्रेसभित्रै राष्ट्रपति छाड्न नहुने अडान पनि छ । संवैधानिक बाध्यताअनुसार आज बेलुका ५ बजेसम्ममा सरकार गठनका लागि दाबी गर्नुपर्ने  भएकाले  गठबन्धनका  शीर्ष  नेताहरू त्यही तयारीका साथ सहमति निर्माण गर्नेतर्फ केन्द्रित भएको उहाँको भनाइ छ ।

    चुनावमा सबैभन्दा  ठूलो  दल  बनेको  नेपाली कांग्रेसले सरकार गठन प्रयोजनका लागि प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर समेत सङ्कलन गरेको छ । आज सहमति नभए ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस सभापति देउवाको रणनीति छ । तर सहमति जुट्न नसकेमा एमालेसँग आजै निर्णायक वार्ता गर्ने प्रचण्डको तयारी छ ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.